कोरोना प्रभावित व्यावसायीलाई दोस्रो पटक पुर्नकर्जाको प्रक्रिया अघि बढ्यो,ब्याजदर कति ? « Arthapath.com
१४ कार्तिक २०७८, आईतवार

कोरोना प्रभावित व्यावसायीलाई दोस्रो पटक पुर्नकर्जाको प्रक्रिया अघि बढ्यो,ब्याजदर कति ?



काठमाडौँ । सरकारले दोस्रो पटक कोरोना प्रभावितको लागी पुर्नकर्जाको प्रक्रिया अघि बढाएको छ । नेपाल राष्ट्र बैङ्कले चालू आर्थिक वर्ष २०७८/७९ को लागि विभिन्न बैङ्क तथा वित्तीय संस्थाहरूसँग पुन कर्जाको लागि आवेदन माग गरेको छ । 

राष्ट्र बैङ्कले एक सूचना निकालेर कोभिडबाट प्रभावित व्यवसायीलाई दिइने पुन कर्जाको लागि चालू आवमा दोस्रो पटक बैङ्कहरूमार्फत आवेदन माग गरेको हो । राष्ट्र बैङ्कले पुन कर्जाको रकम प्रवाह गर्न लागेको हो ।

पुन कर्जा कार्यविधि २०७७ अनुसार यो रकम प्रवाह हुने भएको छ ।  राष्ट्र बैङ्कले लघु, घरेलु तथा साना उद्यम पुन कर्जा, साधारण पुन कर्जा तथा विशेष पुन कर्जाका लागि आवेदन आव्हान गरेको छ । 

राष्ट्र बैङ्कले आइतबार एक सूचना मार्फत बैङ्कहरूसँग त्यस्तो आवश्यक रकम माग गरेको हो । राष्ट्र बैङ्कले क, ख र ग वर्गका बैङ्क वित्तीय संस्थासँग कात्तिक १४ गते देखी मङ्सिर १९ गतेको समय सीमा दिएको छ । प्रभावित विभिन्न २४ वटा क्षेत्रले पुन कर्जा पाउने उल्लेख छ ।

सुचना हेर्न यहाँ क्लिक गर्नुहोस ।

https://fra1.digitaloceanspaces.com/appharuspace/arthapath/uploads/2021/10/Refinance-Notice-No.2.pdf


प्रतिक्रिया दिनुहोस्