४ महिनामा ३ हजार भन्दा बढी नेपाली कालो सूचीमा « Arthapath.com
२ श्रावण २०८३, शनिबार

४ महिनामा ३ हजार भन्दा बढी नेपाली कालो सूचीमा



काठमाडौं। बैंक तथा वित्तिय संस्थाले ४ महिनामा ३ हजार भन्दा बढी नेपालीलाई ऋण बन्देज लगाएका छन् । एक सय २४ दिनमा बैंक तथा वित्तिय संस्थाले तीन हजार १४७ नेपालीलाई ऋण बन्देज लगाएका हुन् । बैंक तथा वित्तिय संस्थाबाट ऋण लिएर समयमै कर्जा तिर्न नसक्दा व्यक्ति तथा कम्पनीलाई कालो सूचिमा राखेका छन् ।

कर्जा सूचना केन्द्रको कालोसूचीमा चालु आर्थिक वर्ष साउन देखि कात्तिक ५ गतेसम्म ३ हजार १४७ जना कालो सूचीमा सूचीकृत भएका छन् । ऋणीले कर्जा लिएर तोकिएको समयमा सावाँ ब्याज भुक्तानी नगर्दा कालोसूचीमा परेका हुन् ।

यो ऋणीले कर्जा लिएर तोकिएको समयमा सावाँ ब्याज भुक्तानी नगर्दा कालोसूचीमा राख्न बैंक तथा वित्तीय संस्थाले कर्जा सूचना केन्द्र (सीआईबी) मा पठाउँछन् । बैंक तथा वित्तीय संस्थाले पठाएको ऋणीको नाम नै सीआईबीले कालोसूचीमा सूचीकृत गर्छ । सीआईबीले यसबाहेक चेकको अनादर अर्थात् चेक बाउन्सको मुद्दा परेका व्यक्ति तथा कम्पनीको नाम कालोसूचीमा राख्छ ।

यसरी कालोसूचीमा परेका व्यक्ति तथा कम्पनीले सूचीमा नाम रहँदासम्म कुनै पनि बैंक तथा वित्तीय संस्थाबाट ऋण लिन पाउँदैनन् । कर्जाको आवेदन आएपछि जुनसुकै बैंक तथा वित्तीय संस्थाले सीआईबीले राख्ने कालोसूची जाँच गर्छ । यदी कर्जा आवेदकको नाम कालोसूचीमा भएमा आवेदन स्वतः रद्द गर्न पाउने अधिकार बैंकलाई राष्ट्र बैंकले दिएको छ ।

सूचीमा नाम रहेका व्यक्तिहरुले बैंक तथा वित्तीयको कर्जा सुविधाबाट बन्देज हुनका साथै कुनै सरकारी नियुक्ती समेत बन्देज लगाएको छ ।
जसमा नाइल कन्सट्रक्सन प्रा.लीका बलराम श्रेष्ठ, ओम लक्ष्मी ज्वर्लसका (ओम विश्वकर्मा, ओम लक्ष्मी ज्वलर्स, पेमा गुरुङ र रक्कि रिसल), शक्ति थापा, सुरज रोक्का, विपिन बानिया, पुजाँ ठकुरी लगायतका अन्य कालो सूचीमा परेका हुन् ।


प्रतिक्रिया दिनुहोस्