राष्ट्र बैंकको निर्देशनले लघुवित्तलाई मनपरी शुल्कमा अंकुष, भाखा नाघेको कर्जाको ६ महिनासम्म लिलाम गर्न नपाउने « Arthapath.com
७ मंसिर २०७८, मंगलवार

राष्ट्र बैंकको निर्देशनले लघुवित्तलाई मनपरी शुल्कमा अंकुष, भाखा नाघेको कर्जाको ६ महिनासम्म लिलाम गर्न नपाउने



कठमाडौं । नेपाल राष्ट्र बैंकले घ वर्गको वित्तिय संस्थालाई थप कडा निर्देशन दिएको छ । मंगलबार एक निर्देशन जारी गर्दै राष्ट्र बैंकले गरेको छ । अव लघुवित्तका ऋणीहरुले कर्जा लिएको ६ महिना भाखा नाघेपछि मात्रै लिलाम गर्न पाइने भएको छ ।

राष्ट्र बैंकले यसअघिको निर्देशन संसोधन गर्दै निर्देशन जारी गरेको हो । थप व्यवस्था गर्दै राष्ट्र बैंकले लघुवित्तलाई पनि भाखा नाघेको ६ महिनासम्म ऋणीको धितो लिलामी गर्नमा रोक लगाएको छ ।

एक वर्ष वा सोभन्दा भन्दा बढी अवधिको लागि दिएको कर्जा सार्वजनिक सूचना तथा धितो लिलामीको सूचना दिएको ६ महिनाअघि धितो लिलाम गर्न पाइने छैन । भाखा नाघेको ६ महिना नपुगी कारवाही गर्न नपाइने निर्देशन दिएको छ ।

मनपरी शुल्कमा पनि अंकुष

राष्ट्र बैंकले यसअघि लघुवित्तले लिँदै आएको मनपरी शुल्क पनि कटौती गरेको छ । राष्ट्र बैंकका अनुसार कर्जा दिँदा १.५० प्रतिशत सम्ममात्रै सेवा शुल्क लिन पाउने व्यवस्था गरेको छ ।

एक वर्षभन्दा कम अवधीको लागी दिइएको कर्जामा वार्षिक १.५० प्रतिशतमा भन्दा बढी लिन नपाउने व्यवस्था गरेको छ । तर थोक कर्जा प्रवाह गर्ने संस्था लघुवित्तले दिने कर्जामा ०.५० प्रतिशत भन्दा बढी सेवा शुल्क लिन नपाइने व्यावस्था गरेको छ ।


प्रतिक्रिया दिनुहोस्