नबिल बैंकका अध्यक्ष पौडेलको सपथ « Arthapath.com
६ माघ २०७८, बिहीबार

नबिल बैंकका अध्यक्ष पौडेलको सपथ



काठमाडौं । नबिल बैंकको संचालक समितिको पौष ३० गते बसेको बैठकबाट सर्वसम्मत रुपमा बैंक अध्यक्षमा पुनः चयन हुनुभएका उपेन्द्र प्रसाद पौडेलले सपथ लिएका छन् । नेपाल राष्ट्र बैंकका गर्भनर महाप्रसाद अधिकारीबाट माघ ५ गते अध्यक्ष पौडेलले पद तथा गोपनियताको शपथ गरेका छन् ।

नेपाल राष्ट्र बैंक, केन्द्रीय कार्यालय बालुवाटारमा आयोजित शपथ ग्रहण कार्यक्रममा नेपाल राष्ट्र बैंकका डेपुटी गर्भनरद्धय नीलम ढुङ्गाना तिम्सिना, बम बहादुर मिश्र, बैंक तथा वित्तीय संस्था नियमन विभागका कार्यकारी निर्देशक देव कुमार ढकाल, बैंक सुपरिवेक्षण विभागका कार्यकारी निर्देशक डा. गुणाकर भट्ट तथा नबिल बैंकका प्रमुख कार्यकारी अधिकृत अनिल केशरी साहलगायतको उपस्थिती रहेको थियो ।

सो अवसरमा कोभिड महामारीले बैंकिङ्ग क्षेत्रमा पु¥याएको असर तथा समसामयिक विषयमा छलफल भएको थियो । साथै, उक्त कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत अनिल केशरी साहले बैंकको पछिल्लो वित्तीय अवस्थाको समेत जानकारी गराए ।

नबिल बैंक लिमिटेडका अध्यक्ष पौडेलज्यूलाई ३० गते सम्पन्न बैंकको ३७औँ वार्षिक साधारणसभाले संस्थापक शेयरधनी एनबी (ईन्टरनेशनल) लि. को प्रतिनिधिको रुपमा निर्बिरोध निर्वाचित गरेको हो ।

सन् १९८४ देखि आफ्ना ग्राहकहरुलाई समायनुकुल सेवा प्रदान गर्दै आएको यस नबिल बैंकले १३५ शाखा, १८९ एटिएम, १५०० भन्दा बढि नबिल रेमिट एजेन्ट मार्फत नेपाली बैंकिङ्ग क्षेत्रमा नविनतम् सेवाको शुरुवात गर्न अग्रणी भूमिका खेल्नुका साथै नेपालको बैंकिङ्ग विकासको ईतिहासमा कोसेढुङ्गाको रुपमा काम गर्दै आएको छ ।


प्रतिक्रिया दिनुहोस्