मुक्तिनाथ बैंकले ल्यायो सर्वाधिक ब्याज दिने आकर्षक बचत खाता « Arthapath.com
११ माघ २०७८, मंगलवार

मुक्तिनाथ बैंकले ल्यायो सर्वाधिक ब्याज दिने आकर्षक बचत खाता



काठमाडौं । मुक्तिनाथ विकास बैंकले सर्वाधिक ब्याजदर प्रदान गर्ने,े मासिक ब्याज आर्जन हुने “मुक्तिनाथ सर्वोत्कृष्ट बचत खाता” सञ्चालनमा ल्याएको छ ।

ग्राहकहरुले १० हजार रुपैयाँको न्यूनतम मौजदातमै मुक्तिनाथ बैंकको सर्वोत्कृष्ट बचत खाता खोल्न सक्नेछन् । उक्त बचत खातामा बैंकले ग्राहकहलाई वार्षिक सर्वाधिक ब्याजदर ७ं.३५ प्रतिशतका दरले मासिक ब्याज भुक्तानी प्रदान गर्नेछ ।

यसबाट ग्राहकले ठूलो लाभ लिन सक्ने र बंैकको व्यवसाय बृद्धिमा सहयोग पुग्ने बैंकले जनाएको छ । यस खाताबाट मासिक बचत गर्ने र न्यूनतम लगानीमा उच्चतम प्रतिफल खोज्ने ग्राहकवर्गहरुलाई अत्यन्त फाइदा पुग्ने विश्वास बैंकले लिएको छ ।

साथै, बैंकले डिजिटल कारोबारलार्ई प्रोत्साहन गर्न यस विकास बैंकको एटिएम कार्ड प्रयोग गरी नेपालभरी रहेको भिजा नेटवर्कमा आवद्ध अन्य जुन सुकै बैंकको एटिएम मेशिनबाट निशुल्क रकम झिक्न सकिने व्यवस्था गरेको छ ।


प्रतिक्रिया दिनुहोस्