आजैबाट सानिमा बैंकको सीईओ पाण्डेले कार्यभार सम्हाले « Arthapath.com
१२ माघ २०७८, बुधबार

आजैबाट सानिमा बैंकको सीईओ पाण्डेले कार्यभार सम्हाले



काठमाडौं । आजैबाट सानिमा बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ)को रुपमा मा निश्चलराज पाण्डेले कार्यभार सम्हालेका छन् । गएको पुसमा बसेको बैंक सञ्चालक समिति बैठकले पाण्डेलाई आगामी ४ वर्षका लागि प्रमुख कार्यकारी अधिकृतमा नियुक्त गरिसकेको छ ।

बैंकका प्रमुख कार्यकारी अधिकृत भुवन दाहालको कार्यकाल हिजो मंगलबारदेखि सकिएपछि उनले अवकास लिएका हुन । पाण्डेले आजैबाट सीईओको रुपमा कार्यभार सम्हालेका छन् । गत पुसमा बसेको संचालक समितिको बैठकले आजबाट लागु हुनेगरी सिईआमा नियुक्त गरेको थियो ।

सिईओ पाण्डेले फाइनान्समा स्नात्तकोर गरेका छन् । विज्ञान विषयमा स्नातक उपाधि हासिल गरेका उनले २०५२ सालमा नबिल बैंकबाट बैंकिङ करिअर शुरु गरेका हुन् । २६ वर्ष लामो बैकिङ्ग अनुभव भएका पाण्डेलाई सेल्स एण्ड रिस्कमा अनुभवि मानिन्छ ।

२०७४ सालमा दोस्रो कार्यकालको लागि सिईओ नियुक्त भएका भुवन दहालको दोस्रो कार्यकाल माघ ११ गते अर्थात हिजोबाट सकिएपछि उनी बैकबाट विदा भएका हुन ।


प्रतिक्रिया दिनुहोस्