जीवन विकास लघुवित्तको नाफा बढेसँगै ईपीएस १३२.०४ रुपैयाँ पुग्यो, सञ्चालन नाफा ४४३.२२ प्रतिशत छलाङ « Arthapath.com
२५ माघ २०७८, मंगलवार

जीवन विकास लघुवित्तको नाफा बढेसँगै ईपीएस १३२.०४ रुपैयाँ पुग्यो, सञ्चालन नाफा ४४३.२२ प्रतिशत छलाङ



काठमाडौं । जीवन विकास लघुवित्त वित्तीय संस्था लिमिटेडको चालु आर्थिक वर्षको दोश्रो त्रैमासमा खुद नाफा ९.०९ प्रतिशत बढेर ४० करोड १६ लाख ५८ हजार रुपैयाँ आर्जन गरेको छ । गत आर्थिक बर्षको सोही अवधिमा लघुवित्तले ३६ करोड ८१ लाख ७२ हजार रूपैयाँ खुद नाफा आर्जन गरेको थियो ।

चालु आर्थिक बर्षको ६ महिनामा लघुवित्तको खुद व्याज आम्दानी १०९.३९ प्रतिशत बढेर ८० करोड ३० लाख १४ हजार रूपैयाँ आर्जन गरेको छ । गत आर्थिक बर्षको सोही अवधिमा लघुवित्तले ३८ करोड ३४ लाख ९३ हजार रूपैयाँ खुद ब्याज आमदानी गरेको थियो ।

समिक्षा अवधिमा लघुवत्तको सञ्चालन नाफा ४४३.२२ प्रतिशत बढेर ४१ करोड ५३ लाख ७९ हजार रूपैयाँ आर्जन गरेको छ । गत आर्थिक बर्षको सोही अवधिमा लघुवित्तले ७ करोड ६४ लाख ६६ हजार रूपैयाँ सञ्चालन नाफा आर्जन गरेको थियो ।

त्यस्तै, संस्थाको चुक्ता पुँजी ६० करोड ८४ लाख रुपैयाँ र जगेडा कोषमा एक अर्ब ७२ करोड २१ लाख ९० हजार रुपैयाँ सञ्चित रहेको छ । संस्थाको वार्षिक प्रतिसेयर आम्दानी ९ ईपीएस० १३२ रुपैयाँ ४ पैसा र प्रतिसेयर नेटवर्थ ३८३ रुपैयाँ ७ पैसा रहेको छ ।

पौष मसान्तसम्ममा लघुवित्तको चुक्ता पूँजी ४८.१४ प्रतिशत बढेर ६० करोड ८४ लाख रुपैयाँ, जगेडा कोष ७४.४० प्रतिशत बढेर १ अर्ब ७२ करोड २१ लाख ९० हजार रुपैयाँ, निक्षेप १७.०६ प्रतिशत बढेर ८ अर्ब ८२ करोड ४१ लाख २ हजार रुपैयाँ, कर्जा २५.५४ प्रतिशत बढेर २२ अर्ब ८२ करोड १० लाख ९२ हजार रुपैयाँ र सापटि रकम १७.२४ प्रतिशत बढेर १० अर्ब ४३ करोड ५ लाख ६ हजार रुपैयाँ पुगेको छ ।

समिक्षा अवधिमा लघुवित्तको प्रतिशेयर आम्दानी १३२ रुपैयाँ ४ पैसा रहेको छ । लघुवित्तको प्रतिशेयर नेटवर्थ २८३.०७ रुपैयाँ रहेको छ भने मूल्य आम्दानी अनुपात ३४.२३ गुणा रहेको छ । लघुवित्तको खराब कर्जा ०.७५ प्रतिशत, कस्ट अफ फण्ड ९.२४ प्रतिशत र तरलता अनुपात ८.५८ प्रतिशत रहेको छ ।


प्रतिक्रिया दिनुहोस्