किसान लघुवित्तको नाफा २१.६३ प्रतिशत बढ्यो, ईपीएस २३.०४ रुपैयाँ पुग्दा जगेडा कोष २४३.५२ प्रतिशत छलाङ « Arthapath.com
२६ माघ २०७८, बुधबार

किसान लघुवित्तको नाफा २१.६३ प्रतिशत बढ्यो, ईपीएस २३.०४ रुपैयाँ पुग्दा जगेडा कोष २४३.५२ प्रतिशत छलाङ



काठमाडौं । किसान लघुवित्त वित्तीय संस्थाको चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा खुद नाफा २१.६३ प्रतिशत बढेर ४ करोड ५२ लाख ५८ हजार रुपैयाँ आर्जन गरेको छ । गत आर्थिक बर्षको सोही अवधिमा लघुवित्तले ३ करोड ७२ लाख १० हजार रुपैयाँ खुद नाफा आर्जन गरेको थियो ।

चालु आर्थिक बर्षको ६ महिनामा लघुवित्तको खुद ब्याज आम्दानी १.७६ प्रतिशत बढेर १७ करोड ५१ लाख ३२ हजार रुपैयाँ आर्जन गरेको छ । गत आर्थिक बर्षको सोही अवधिमा लघुवित्तले १७ करोड २० लाख ९९ हजार रुपैयाँ खुद ब्याज आम्दानी गरेको थियो ।

समिक्षा अवधिमा लघुवित्तको सञ्चालन नाफा ८३.२२ प्रतिशत बढेर ६ करोड ५४ लाख २९ हजार रुपैयाँ आर्जन गरेको छ । गत आर्थिक बर्षको सोही अवधिमा लघुवित्तले ३ करोड ५७ लाख ११ हजार रुपैयाँ सञ्चालन नाफा आर्जन गरेको थियो ।

पौष मसान्तसम्ममा लघुवित्तको चुक्ता पूँजी ३९ करोड २८ लाख ८ हजार रुपैयाँ, जगेडा कोष २४३.५२ प्रतिशत बढेर ३७ करोड १३ लाख १४ हजार रुपैयाँ, निक्षेप २३.११ प्रतिशत बढेर १ अर्ब २७ करोड ९२ लाख ६८ हजार रुपैयाँ, कर्जा ३७.४७ प्रतिशत बढेर ६ अर्ब ७३ करोड ४२ लाख १३ हजार रुपैयाँ र सापटि रकम २८.३४ प्रतिशत बढेर ५ अर्ब ११ करोड ५६ लाख २४ हजार रुपैयाँ पुगेको छ ।

समिक्षा अवधिमा लघुवित्तको प्रतिशेयर आम्दानी १३ रुपैयाँ ५७ पैसा बढेर २३ रुपैयाँ ४ पैसा पुगेको छ । गत आर्थिक बर्षको सोही अवधिमा लघुवित्तको प्रतिशेयर आम्दानी ९ रुपैयाँ ४७ पैसा रहेको थियो । लघुवित्तको प्रतिशेयर नेटवर्थ १९४ रुपैयाँ ४४ पैसा रहेको छ भने मूल्य आम्दानी अनुपात ६६.३५ गुणा रहेको छ । लघुवित्तको तरलता अनुपात २४.७९ प्रतिशत, खराब कर्जा ४.७३ प्रतिशत र कस्ट अफ फण्ड ९.४५ प्रतिशत रहेको छ ।


प्रतिक्रिया दिनुहोस्