सिटिजन्स बैंक र एसईईडी ल्याब बीच समझदारी « Arthapath.com
२ फाल्गुन २०७८, सोमबार

सिटिजन्स बैंक र एसईईडी ल्याब बीच समझदारी



काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड र एस.ई.ई.डी ल्याब प्रा. लि. बुटवल बीच सिटिजन्स बैंकको कार्डबाहकहरूलाई ३०% छुट दिने समझदारी पत्रमा हस्ताक्षर भएको छ । सो समझदारी पत्रमा हस्ताक्षर पश्चात् सिटिजन्स बैंकका कार्डबाहकहरुले एस.ई.ई.डी ल्याब प्रा. लि. को सबै सेवा सुविधामा ३०% छुट पाउनेछन् । यस किसिमको सहकार्यबाट बैंकका ग्राहकहरु लाभान्वित हुने विश्वास बैंकले लिएको छ ।

हालसम्म सिटिजन्स बैंकको कार्ड नभएका ग्राहकहरुलाई पनि तत्कालै नयाँ कार्ड उपलब्ध गराउन सिटिजन्स बैंकले इन्स्ट्यान्ट कार्डको व्यवस्था पनि गरेको छ । मोबाइल बैकिङ्ग मार्फत खानेपानी, विजुली तथा इन्टरनेटको बिल भुक्तानी, प्रिपेड तथा पोष्टपेड मोबाइल बिल भुक्तानी जस्ता सुबिधा बैंकले प्रदान गर्दै आएको छ । बैंकले हलसालै मोबाइलबट कार्डलेस विथड्रल सेवाको पनि सुरुवात गरेको छ ।

यो सुविधा मार्फत सिटिजन्स बैकका मोबाइल बैंकिङ्ग सुविधा लिएका ग्राहकहरुले बिना कार्ड एटिएमबाट पैसा निकाल्न सक्नेछन् । यसबाहेक बैकले मोबाइलबाटै मुद्दती खाताको आवेदन दिन सक्ने व्यवस्था समेत गरेको जानकारी बैंकले गराएको छ ।

सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले देशैभरी फैलिएका आफ्ना १७४ वटा शाखा, १२३ वटा ए.टि.एम. र ९२ वटा शाखा रहित बैंकिङ्ग ईकाईहरुबाट १३ लाख भन्दा बढि ग्राहकवर्गलाई आधुनिक बैंकिङ्ग सेवाहरु प्रदानगर्दै आएको छ । कोरोना भाइरसको महामारीबाट सम्पूर्ण विश्वनै आक्रान्त बनेको अवस्थामा यस बैंकले नविनतम प्रविधिको अधिकतम प्रयोग गर्दै सावधानीपूर्वक आफ्ना आदरणीय ग्राहक महानुभावहरुको वित्तीय आवश्यकताहरु डिजिटली प्रदान गरिरहेको छ ।

यसलाई मूर्त रुप प्रदानगर्न बैंकले चेकको प्रयोग नगरी आफ्नो मोबाइल बैंकिङ्गएपमा लग–ईन गरेर काउन्टरमा भएको क्यू आर कोड स्क्यान गरी खाताबाट रकमझिक्न स्क्यान र विथड्र सेवा, मोबाइल बैंकिङ्गको पिन नं बिर्सेमा बैंकको शाखामागएर निवेदन दिने झन्झट बाट मुक्तहुन घरबाटै पिन रिसेट गर्न सकिने जस्ता सेवाहरुको थालनि गरेको छ ।


प्रतिक्रिया दिनुहोस्