निफ्रा बैंकले यस्तो सम्झौता गर्याे सिंगापुर स्थित सुरबाना जुरोङ समूहको सदस्य एसएमईसी इन्टरनेशनलसँग « Arthapath.com
४ फाल्गुन २०७८, बुधबार

निफ्रा बैंकले यस्तो सम्झौता गर्याे सिंगापुर स्थित सुरबाना जुरोङ समूहको सदस्य एसएमईसी इन्टरनेशनलसँग



काठमाडौं । पाँचखाल नगरपालिकामा स्मार्ट सिटीको विकास प्रयोजनको लागि नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेड (निफ्रा) र सिंगापुर स्थित सुरबाना जुरोङ (SJ) समूहको सदस्य एसएमईसी इन्टरनेशनल प्राइभेट लिमिटेड (SMEC) बीच सम्झौता भएको छ । निफ्रा बैंकका प्रमुख कार्यकारी अधिकृत रामकृष्ण खतिवडा र एसएमईसीका कन्ट्री हेड सलिम जहाँ फहिमले सम्झौता पत्रमा हस्ताक्षर गरेका हुन् ।

निफ्रा बैंकको कार्यालयमा भएको सम्झौता पत्रमा कार्यक्रममा बैंकका उच्च व्यवस्थापनका पदाधिकारीहरु, एसएमईसीका पदाधिकारीहरु सहित पाँचखाल नगरपालिकाका प्रवक्ता संजय लामाको उपस्थिति रहेको थियो ।

सम्झौता पत्र अनुसार सिंगापुरस्थित ग्लोबल शहरी पूर्वाधार परामर्श फर्म सुरबाना जुरोङ समूहको सदस्य एसएमईसीले प्रस्तावित स्मार्ट सिटीको निर्माण गर्न आवश्यक हुने प्रारम्भिक अध्ययन, परियोजनाको संरचनागत खाका एवं अन्तरास्ट्रिय सफल अभ्यासहरु अध्ययन विश्लेषण सम्बन्धि कार्यहरुमा सहकार्य गर्ने भएको छ ।

निफ्रा बैंकले सहकार्यका दौरान एसजेलाई आवश्यक सहजीकरण गर्नेछ । त्यस्तै निफ्रा बैंकले स्मार्ट सिटी विकासका लागि अन्य सरोकारवालाहरूसँगको समन्वयमा निफ्रा बैंकको अगुवाईमा आवश्यक लगानी जुटाउने कार्य गर्नेछ ।

पाँचखाल नगरपालिकाले नगरपालिकाका जग्गाधनीसँगको समन्वयमा जग्गा प्राप्ति गर्न आवश्यक सहजीकरण र सहकार्य गर्ने छ । यस प्रकारको नेपालकै पहिलो परियोजना पाँचखाल स्मार्ट सिटीले करिब ५ हजार ५ सय रोपनी क्षेत्रफल ओगट्ने छ ।

स्मार्ट सिटीको विकासका लागि निफ्रा बैंकले पाँचखाल नगरपालिकासँग छुट्टै सम्झौता गरिसकेको छ । सोही कार्यका लागि Market  Qmudy सम्बन्धि बैंकले अमेरिका स्थित परामर्शदाता कम्पनी जोन्स लाङ लासेल प्रोपर्टी कन्सल्टेन्ट्स प्राइभेट लिमिटेडसँग सम्झौता गरेको छ । उक्त कम्पनीले सो कार्य अबको ८ हप्ता भित्र समपन्न गरी प्रतिवेदन पेश गर्ने तय भएको छ ।

उक्त कार्यक्रममा निफ्रा बैंकका प्रमुख कार्यकारी अधिकृत रामकृष्ण खतिवडा र एसएमईसीका सलिम जहाँ फहिमले र पाँचखाल नगरपालिकाका प्रवक्ता संजय लामाले उक्त कार्यमा आफ्नो प्रयास र सहकार्य रहने प्रतिवद्धता जाहेर गरेका छन् ।


प्रतिक्रिया दिनुहोस्