एभरेष्ट बैंकको ऋणपत्र बाँडफाँट, रिजल्ट कसरी हेर्ने ? « Arthapath.com
४ फाल्गुन २०७८, बुधबार

एभरेष्ट बैंकको ऋणपत्र बाँडफाँट, रिजल्ट कसरी हेर्ने ?



काठमाडौं । एभरेष्ट बैंकको ऋणपत्र बाँडफाँट गरिएको छ । बैंकको ऋणपत्रमा रितपूर्वक आवेदन परेकाहरुको प्रशोधन गरी ८ लाख ५३ हजार ७८३ कित्ता ऋणपत्रलाई फागुन ३ गते मंगलबार बाँडफाँट गरिएको बैंकले जनाएको छ ।

एभरेष्ट बैंकले माघ ३ गते, सोमबारदेखि माघ १७ गतेसम्म ऋणपत्र निष्काशन तथा बिक्री खुला गरेको थियो । बैकले वार्षिक ८.५ प्रतिशत ब्याजदरमा ८ वर्ष समय अवधि रहेको ‘एभरेष्ट बैंक लिमिटेड ऋणपत्र, २०८६’ निष्काशन गरेको थियो ।

प्रक्तिकित्ता १ हजार रुपैयाँ अंकित २ अर्ब रुपैयाँ बराबरको २० लाख कित्ता ऋणपत्र निष्काशन गरेको थियो । जसमा ८० करोड रुपैयाँ बराबरको ८ लाख कित्ता सर्वसाधारणलाई र बाँकी १ अर्ब २० करोड रुपैयाँ बराबरको १२ लाख कित्ता व्यक्तिगत तवरबाट विक्री गरेको थियो । सर्वसाधारणका लागि बिक्री गरिने ऋणपत्रमध्ये ५ प्रतिशत अर्थात ४० हजार कित्ता सामूहिक लगानी कोषका लागि छुट्याइएको थियो ।

बैंकको ऋणपत्र निष्काशन तथा बिक्री प्रबन्धक एनआईबिएल एस क्यापिटल लिमिटेड रहेको छ ।

ऋणपत्र निष्काशनका लागि गराएको क्रेडिट रेटिङ्गमा केयर रेटिङ्ग नेपालले बैंकलाई कम कर्जा जोखिम जनाउने ‘केयर एनपी डबल ए माइनस इस्यूअर रेटिङ्ग’ प्रदान गरेको छ । सो रेटिङ्ग प्राप्त गर्ने संस्थाहरु समयमा नै वित्तीय दायित्व पूरा गर्ने सम्बन्धमा पर्याप्त मात्रामा सुरक्षित जनाउँछ ।

बैंकको ऋणपत्रको रिजल्ट हेर्नको लागि सीडीएस एण्ड क्लियरिङ्गको https://meroshare.cdsc.com.np/#/login बाट हेर्न सकिनेछ ।


प्रतिक्रिया दिनुहोस्