सांग्रिला डेभलपमेन्ट बैंकको १०९ औं शाखा गढवामा « Arthapath.com
१० फाल्गुन २०७८, मंगलवार

सांग्रिला डेभलपमेन्ट बैंकको १०९ औं शाखा गढवामा



काठमाडौं । सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडले गढवा गाउँपालिका–६, दाङ्गमा शाखा नयाँ संचालनमा ल्याएको छ । बैंकले सोमबारदेखि शाखा संचालनमा ल्याएको हो । गढवामा बैंकले आफ्नो १०९औं शाखा खोलेको हो ।

शाखा कार्यालय संचालनमा आएसँगै गढवा क्षेत्रका सर्वसाधारणलाई सहज बैंकिङ्ग सुविधा पुग्ने विश्वास बैंकले लिएको छ । शाखाको उद्घाटन गढवा गाउँपालिकाका अध्यक्ष सहजराम अहिरले गरेका हुन् ।

बैंकले हरेक सम्भावित क्षेत्रमा आफ्ना ग्राहकलाई सेवा उपलब्ध गराउन विभिन्न थप स्थानहरूमा चाँडै नै थप शाखा कार्यालय संचालन गर्ने योजना बनाएको जानकारी दिएको छ ।


प्रतिक्रिया दिनुहोस्