एनसीसी बैंक र सोल्टी इन्टरप्राइजेज बीच सम्झौता, बैंकका ग्राहकहरुलाई १० प्रतिशत छुट « Arthapath.com
१३ फाल्गुन २०७८, शुक्रबार

एनसीसी बैंक र सोल्टी इन्टरप्राइजेज बीच सम्झौता, बैंकका ग्राहकहरुलाई १० प्रतिशत छुट



काठमाडौं । नेपालको वित्तीय क्षेत्रमा विगत २५ वर्ष देखि सरल, सहज र भरपर्दो बैंकिङ्ग सेवा प्रदान गर्दै आएको नेपाल राष्ट्र बैंकबाट ‘क’ वर्गको इजाजत प्राप्त नेपाल क्रेडिट एण्ड कमर्स बैंक (एनसीसी बैंक)ले ग्राहकहरु माझ विभिन्न प्रकारका सेवा सुविधाहरु प्रदान गर्दै आएको छ । 

यसै क्रममा काठमाडौंमा अवस्थित सोल्टी इन्टरप्राइजेज प्रा.लि संग ग्राहकहरुलाई थप सेवा सुविधा प्रदान गर्ने सम्बन्धमा द्विपक्षीय सम्झौता भएको छ । 

यस सम्झौता मार्फत बैंकका ग्राहकहरुले काठमाडौंमा अवस्थित सोल्टी होटल र नेपालगञ्जमा अवस्थित सोल्टी वेस्टण्ड प्रिमियरमा बैंकको डेबिट/क्रेडिट कार्ड तथा मोबाइल बैंकिङ्ग मार्फत भुक्तानी गर्दा फुण्ड एण्ड बेभरेजमा १० प्रतिशत छुट प्राप्त हुनेछ ।

साथै सोल्टी इन्टरप्राइजेज अन्तर्गत संचालनमा रहेका अन्य होटलहरुमा समेत यो छुट प्राप्त हुनेछ । यस सम्झौता अन्तर्गत बैंक र इन्टरप्राइजेज बीच प्रबद्र्धनात्मक कार्यक्रमहरु समेत संचालन गर्ने सहमति भएको छ ।

देशैभर शाखा सञ्जाल रहेको एनसीसी बैंकले ७ वटै प्रदेश गरी १३७ शाखा, १३ एक्स्टेन्सन काउन्टर र ११४ एटिएम मार्फत ग्राहकहरुलाई स्तरीय सेवा प्रदान गर्दै आएको छ ।

एनसीसी बैंक २५ वर्ष देखि आम नागरिकका माझ विश्वासिलो बैकिङ्ग सेवा प्रवाह गर्नुका साथै सामाजिक कार्यहरुमा पनि सक्रीय रुपमा सहभागी हुँदै आएको छ ।


प्रतिक्रिया दिनुहोस्