पाँच पटक ‘बैंक अफ दी इयर’ पाएको नेपाल इन्भेष्टमेण्ट बैंकले ३६ बर्ष पुरा गर्याे « Arthapath.com
१३ फाल्गुन २०७८, शुक्रबार

पाँच पटक ‘बैंक अफ दी इयर’ पाएको नेपाल इन्भेष्टमेण्ट बैंकले ३६ बर्ष पुरा गर्याे



काठमाडौं । नेपाल इन्भेष्टमेण्ट बैंकले आफ्नो स्थापनाको ३६ बर्ष पुरा गरेको छ । गौरवमय यात्रामा देशका सातै प्रदेशमा छरिएका ८८ शाखा, ३१ विस्तारित–राजस्व संकलन काउन्टर, ५८ शाखा रहित बैंकिङ्ग केन्द्र तथा १३१ एटिएम मार्फत गुणस्तरीय सेवा प्रदान गरिरहेको छ ।

पाँच पटकसम्म बैंक अफ दी इयर (Bank of the Year) तथा Euro Money Award बाट सम्मानित भएको छ । बैंकले ३६ बर्षको दौरानमा १२ लाखभन्दा बढी ग्राहकहरुलाई उत्कृष्ट सेवा प्रदान गर्दै दरिलो पहिचान बनाउन बैंक सक्षम भएको छ ।

बैंकको वार्षिकोत्सवको उपलक्ष्यमा रक्तदान, वृद्धाश्रम–बालगृहमा खाना खुवाउने, धार्मिक क्षेत्रमा फोहोर मैला संकलन तथा व्यवस्थापनका लागि आवश्यक सामाग्री उपलब्ध गराउने, विभिन्न खेलकुद कार्यक्रमको आयोजना, वित्तीय साक्षरताका लागि चौथो कमिक बुक “बचत गर्ने काइदा डिजिटल बैंकिङको फाइदा” को विमोचन कार्यक्रमहरु बैंकको केन्द्रीय तथा प्रादेशिक कार्यालयहरुले सञ्चालन गरेका छन् ।

साथै ग्राहकवर्गसँगको अटुट सम्बन्ध कायमै रहने अपेक्षा सहित बैंकले “निक्षेप रकम २० वर्षमा ६ गुणा हुने गज्जब ६ मुद्दती खाता” समेत सञ्चालनमा ल्याएको छ ।

वार्षिकोत्सवका अवसरमा आफ्ना अनमोल मार्गदर्शन र निर्देशन प्रदान गर्ने नियामक निकाय, वर्तमान तथा पूर्व सञ्चालक समितिका सम्पूर्ण सदस्यहरु तथा शेयरधनीहरु र अटल विश्वास गर्ने सम्पूर्ण ग्राहकहरुप्रति आभार व्यक्त गर्दै सदैव सेवाको अवसर प्राप्त हुनेमा बैंक विश्वस्त रहेको छ ।


प्रतिक्रिया दिनुहोस्