बैंक अफ काठमाण्डूको नयाँ शाखा झापाको दमकमा « Arthapath.com
२२ फाल्गुन २०७८, आईतवार

बैंक अफ काठमाण्डूको नयाँ शाखा झापाको दमकमा



काठमाडौं । बैंक अफ काठमाण्डू लिमिटेडको दमक नगरपालिका वडा नं. ०५, दमक, स्थित दमक शाखाको फागुन २२ गते एक समारोहका बिच दमक नगरपालिकाका मेयर रोमनाथ ओली र बैंकका संचालक गोबिन्द प्रसाद शर्माबाट संयुक्त रुपमा औपचारिक समुद्घाटन सुसम्पन्न भएको छ ।

औपचारिक समुद्घाटन कार्याक्रममा दमक नगरपालिकाका नगर उप–प्रमुख गिता अधिकारी, उद्योग वाणिज्य संघ, दमकका अध्यक्ष गोकुल श्रेष्ठ, चेम्बर अफ कर्मस, दमकका अध्यक्ष राजेन्द्र ढकालले बैंकको दमक शाखा कार्यालयको प्रगतिको शुभकामना प्रदान गरेका छन् ।

उक्त कार्याक्रममा बैंकका संचालक गोविन्द प्रसाद शर्मा रेग्मीले ग्राहकहरूको उच्चतम लाभलाई मध्यनजर गर्दै समय सुहाउँदो आवश्यक प्रविधिगत सेवाहरु उपलब्ध गराई उत्कृष्ट बैंकिङ्ग सेवा उपलब्ध गराउदै जानेमा बैंक प्रतिबद्ध रहेको जानकारी दिएका छन् ।

दमक नगरपालिकाका नगर प्रमुख रोमनाथ ओलीले उक्त कार्याक्रममा बैंक अफ काठमाण्डू लिमिटेडलाई दमकमा स्वागत गर्नुको साथै स्थानिय महानुभावहरुको आवश्यकतालाई ध्यानमा राखि बैंकले सेवा प्रदान गर्ने विश्वास नगरपालिकाले लिएको जानकारी दिएका छन् ।

बैंक अफ काठमाण्डू लिमिटेडले ९७ शाखा कार्यालयहरु, ८७ एटिएम र १० एक्स्टेन्सन काउन्टरबाट आफ्ना ग्राहक महानुभावहरुलाई उत्कृष्ट बैंकिङ्ग सुविधा प्रदान गर्दै आईरहेको छ । बैंकको अगामी दिनहरुमा सम्भावित क्षेत्रमा आफ्ना ग्राहकलाई उत्कृष्ट सेवा उपलब्ध गराउने अभिप्रायले थप शाखाहरु संचालन गर्ने योजना अगाडि रहेको छ ।


प्रतिक्रिया दिनुहोस्