राष्ट्र बैंकलाई २ महिनापछि डिमर्जको जानकारी गराउँदै हिमालयन बैंक, अषाढभित्रै अर्काे वाणिज्य बैंक अक्वायर गर्ने « Arthapath.com
२३ फाल्गुन २०७८, सोमबार

राष्ट्र बैंकलाई २ महिनापछि डिमर्जको जानकारी गराउँदै हिमालयन बैंक, अषाढभित्रै अर्काे वाणिज्य बैंक अक्वायर गर्ने



काठमाडौं । हिमालयन बैंकले मर्जर प्रक्रिया रद्ध भएको झण्डै २ महिनापछि राष्ट्र बैंकमा पत्र पठाएको छ । मर्जर प्रक्रिया भाँडिएको २ महिनापछि हिमालयन बैंकले राष्ट्र बैंकमा २ वटा पत्र पठाएको हो ।

नेपाल इन्भेष्टमेन्ट बैंकसँगको मर्जर प्रक्रिया बहुमतले अस्वीकृत भएको २ महिनापछि हिमालयन बैंकले राष्ट्र बैंकलाई जानकारी गराएको हिमालयन बैंकका प्रमुख कार्यकारी अधिकृत अशोक राणाले जानकारी दिए । हिमालयन बैंकका अनुसार नेपाल इन्भेष्टमेन्ट बैंकसँग मर्जर प्रक्रिया रद्ध भएको जानकारी राष्ट्र बैंकलाई सोमबार (फागनु २३ गते) मात्रै गराएको हो ।

साथै हिमालयन बैंकले आगामी अषाढभित्रै अर्को कुनै बाणिज्य बैंकलाई अक्वायर गर्ने गरी प्रक्रिया थालेको छ । अषाढ मसान्तसम्ममा कुनै कमर्सियल बैंकलाई अक्वायर गर्ने गरी आन्तरीक तयारी भैरहेको सीईओ राणाले बताए । सीईओ राणा छिट्टै खुशीको खवर शेयरधनीहरुलाई दिने गरी काम भईरहेको बताउँछन् ।

यदि मर्ज गरेन भने ३ बर्ष लाभांश रोकिने र शाखा खोल्न नपाउने बाध्यता भएकाले पनि मर्जरमा जानुपर्ने अवस्था बैंकलाई रहेको छ ।

हिमालयन बैंकको पौष ३० गते सम्पन्न २९ औँ वार्षिक साधारण सभाले नेपाल इन्भेष्टमेण्ट बैंक लिमिटेडबीचको मर्जर सम्बन्धी विशेष प्रस्ताव अस्विकृत गरेको थियो । मर्जरको पक्षमा ४३.६३ प्रतिशत, विपक्षमा ४२.२९ प्रतिशत र मत नहाल्नेमा १४.०९ प्रतिशत रहेका थिए ।


प्रतिक्रिया दिनुहोस्