बिओकेले १ अर्ब १० करोड रुपैयाँको ऋणपत्र जारी गर्ने, बिक्री प्रबन्धकमा एनआईबिएल एस क्यापिटल « Arthapath.com
२ चैत्र २०७८, बुधबार

बिओकेले १ अर्ब १० करोड रुपैयाँको ऋणपत्र जारी गर्ने, बिक्री प्रबन्धकमा एनआईबिएल एस क्यापिटल



काठमाडौं । बैंक अफ काठमाण्डूले ऋणपत्र निष्काशन गर्ने भएको छ । बैंकले १ अर्ब १० करोड रुपैयाँ बराबरको ऋणपत्र निष्काशन तथा बिक्री खुला गर्ने भएको हो ।

बैंक अफ काठमाण्डू लिमिटेडले १ हजार रुपैयाँ अंकित दरको १ अर्ब १० अर्ब रुपैयाँ बराबरको ११ लाख कित्ता बिओके डिबेन्चर २०८६ (क), ऋणपत्र निष्काशन तथा बिक्री गर्ने भएको हो ।

उक्त ऋणपत्रको अवधि ७ वर्ष रहेको छ भने ब्याजदर १०.५० प्रतिशत रहेको छ ।

बैंकले ऋणपत्र निष्कानश तथा बिक्री प्रबन्धकमा एनआईबिएल एस क्यापिटल लिमिटेडलाई नियुक्त गरेको छ । बैंक अफ काठमाण्डू लिमिटेडको तर्फबाट प्रमुख कार्यकारी अधिकृत श्रवण लाल मास्के र एनआईबिएल एस क्यापिटल लिमिटेडको तर्फबाट नायब महाप्रबन्धक सचिन्द्र ढुङ्गानाले सम्झौतापत्रमा हस्ताक्षर गरेका हुन् ।

काठमाण्डौें, कमलपोखरी स्थित मुख्य कार्यालय रहेका बैंक अफ काठमाण्डू लिमिटेड कम्पनी ऐन बमोजिम नेपाल सरकार, कम्पनी रजिष्ट्रारको कार्यालयमा पब्लिक लिमिटेड कम्पनीको रुपमा दर्ता भएको हो ।

तत्कालिन बैंक अफ काठमाण्डू लिमिटेड तथा लुम्बिनी बैंक लिमिटेड एक आपसमा गाभिई बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन, २०७३ अनुसार २०७३ अषाढ २४ गते नेपाल राष्ट्र बैंकबाट वित्तीय कारोवार गर्न स्वीकृति प्राप्त गरी “क” वर्गको वित्तीय संस्थाको हैसियतले बैंकिङ्ग कारोवार सञ्चालन गर्दै आएको छ ।

बैंकले ९९ शाखा, ८७ एटिएम र १० एक्सटेन्सन काउन्टरहरुका मार्फत ग्राहकहरुलाई उत्कृष्ट सेवा प्रदान गरिरहेको छ ।


प्रतिक्रिया दिनुहोस्