यी हुन् सबैभन्दा धेरै लाभांश दिने र कम लाभांश दिने टप ५ वाणिज्य बैंक !

काठमाडौं । २७ वाणिज्य बैंकहरुले गत आर्थिक बर्ष २०७७–७८ को नाफाबाट शेयरधनीहरुलाई लाभांश वितरण गर्ने घोषणा गरिसकेका छन् । २७ वटा वाणिज्य बैंकहरुले गत आर्थिक वर्ष २०७७–०७८ को नाफाबाट सेयरधनीहरूलाई वितरण गर्ने लाभांश आफ्नो वार्षिक साधारण सभाबाट समेत पारित गरिसकेका छन् ।
लाभांश घोषणा गरेका विभिन्न वाणिज्य बैंकमध्ये सबैभन्दा धेरै नबिल बैंकले ३८ प्रतिशत, दोस्रोमा राष्ट्रिय वाणिज्य बैंक ३३ प्रतिशत, तेस्रोमा हिमालयन बैंकले २६ प्रतिशत, चौथोंमा कृषि विकास बैंकले २१.०५२६ प्रतिशत र पाँचौमा सानिमा बैंकले १७.८९ प्रतिशत लाभांश वितरण गरेका हुन् ।
सबैभन्दा कम सिभिल बैंकले ५.२६ प्रतिशत, नेपाल एसबिआई बैंकले ५.३१ प्रतिशत, सेञ्चेरी कमर्सियल बैंकले ६.०५ प्रतिशत, सनराइज बैंकले ७ प्रतिशत, एनसीसी बैंकले ८.४२ प्रतिशत लाभांश वितरण गरेका हुन् ।
