माछापुच्छ्रे बैंकले भव्य रुपमा मनायो ग्लोबल मनि सप्ताह « Arthapath.com
५ असार २०८३, शुक्रबार

माछापुच्छ्रे बैंकले भव्य रुपमा मनायो ग्लोबल मनि सप्ताह



काठमाडौं । वित्तिय साक्षरता जगाउने उद्धेश्यले हरेक वर्ष विश्वव्यापीरुपमा मनाउने ग्लोबल मोनी वीक माछापुच्छ्रे बैंक लिमिटेडले भव्य रुपमा मनाएको छ । यस वर्ष मार्च २१ तारिख देखि २७ तारिख सम्म परेको ग्लोबल मोनी वीक अन्तर्गत माछापुच्छ्रे बैंक लिमिटेडले देशव्यापी छरिएर रहेका आफ्ना शाखा कार्यालयहरु मार्फत विभिन्न प्रकारका वित्तिय साक्षरता कार्याक्रमहरु आयोजना गरेको थियो ।

बैंकले देशका ७ वटै प्रदेशमा स्थानिय स्कुल कलेज, क्लवहरु संग समन्वय गरेर विभिन्न तहका विद्यार्थी, महिला तथा ज्येष्ठ नागरिकलाई लक्षित गरि अन्तरक्रिया तथा साक्षरता र्यालीहरुको आयोजना गरी ग्लोबल मोनी वीक मनाएको हो ।

बैंकले न्यिदब ग्लोबल मोनी वीक अन्तर्गत चैत्र १२ गते काठमाण्डौं लगायत देशका विभिन्न प्रदेशहरुमा वित्तीय साक्षरता जगाउने उद्देश्यले र्यालि निकालेको थियो । विभिन्न वित्तिय साक्षरता सम्बन्धि जानकारीहरु लेखिएका प्लेकार्ड सहित राजधानीको बुढानिलकण्ठ स्थित होटल सब्रिनाबाट सुरु भएको र्यालि भंगाल, चुनिखेल, सुन्दरबस्ति, कपन, गुम्बा, कपन हुदै पुन होटल सब्रिना मा नै आएर समापन भएको थियो ।

उक्त र्यालिमा बैकका संचालक समितिका सदस्य जयमुकुन्द खनाल, प्रमुख कार्यकारी अधिकृत सन्तोष कोइराला लगायत काठमाडौं उपत्यकामा कार्यरत कर्मचारीहरुको सहभागिता रहेको थियो ।

त्यस्तै बैंकले ग्लोबल मनि सप्ताहकै उपलक्ष्यमा काठमाडौँ बाहिर लुम्बिनी प्रदेशको भैरहबा र नेपालगन्ज, मधेश प्रदेशमा गोलबजार, र जनकपुर प्रदेश नं. १ मा ईट्टहरी र बिर्तामोड, सुदुरपश्चिम प्रदेशमा धनगढी र गण्डकी प्रदेशमा पोखरा लगायतका स्थानहरुमा पनि वित्तीय साक्षरता ¥यालि निकालेको थियो भने सप्ताह भरि बैंकका शाखाहरुले विभिन्न स्कुल, कलेज तथा स्थानिय क्लबहरुमा विभिन्न उमेर समुहलाई लक्षित गर्दै वित्तीय साक्षरता अन्तर्गत वित्तीय ज्ञान ,सुरक्षित तथा डिजिटल बैकिङ्ग कारोबार सम्बन्धि सचेतना जगाउने उद्धेश्यले अन्र्तकृया कार्यक्रमहरुको आयोजना गरेका थिए । साथै सोहि अवधिमा बैंकले विभिन्न संचारमाध्यमहरु मार्फत वित्तिय साक्षरता सम्बन्धि रेडियो नाटक एंव जिंगल समेत प्रसारण गरेको थियो ।

माछापुच्छ्रे बैंकले आम ग्राहक वर्गलाई लक्षित गर्दे यसअघिपनि विभिन्न समयमा विभिन्न माध्यमहरु मार्फत वित्तिय साक्षरता कार्यक्रमहरु आयोजना गर्दै आएको थियो । बैंकले देशका हरेक वर्ग र समुदायमा सेवा पुर्याउने उद्देश्यले १६४ शाखा, ८ एक्सटेन्सन काउन्टर, १५७ शाखारहित बैंकिङ्ग सेवा, २०३ एटिएम मार्फत १३ लाख भन्दा बढी ग्राहकहरुलाई सेवा प्रदान गर्दै आइरहेको ।


प्रतिक्रिया दिनुहोस्