एनसीसी बैंकबाट शेयरधनी बाहिरिदैँ, एकैपटक ६ जनाको २६ लाख ६३ हजार कित्ता शेयर बिक्रीमा « Arthapath.com
२४ चैत्र २०७८, बिहीबार

एनसीसी बैंकबाट शेयरधनी बाहिरिदैँ, एकैपटक ६ जनाको २६ लाख ६३ हजार कित्ता शेयर बिक्रीमा



काठमाडौं । नेपाल क्रेडिट एण्ड कमर्स (एनसीसी) बैंक लिमिटेडका केही संस्थापक शेयरधनीहरुले आफ्नो नाममा रहेको शेयर बिक्री गर्ने भएका छन् । बैंकका विभिन्न संस्थापक शेयरधनीहरूले आफ्नो नाममा रहेको कूल २६ लाख ६३ हजार ६६ कित्ता संस्थापक शेयर बिक्री गर्न लागेका हुन् ।

बैंकले एक सूचना जारी गर्दै बिपनता बज्राचार्यको नाममा रहेको १ हजार ४३४ कित्ता, अर्जुन मर्हनको नाममा रहेको ७ हजार ६२६ कित्ता, नेपाल सेक्युरिटिज एण्ड इन्भेष्टमेन्ट प्रालिको नाममा रहेको १९ लाख २२ हजार २७० कित्ता, निश्चल प्रधानको नाममा रहेको ७ लाख ११ हजार ८६६ कित्ता, श्रवण कुमार अग्रवालको नाममा रहेको ४ हजार कित्ता र लक्ष्मी ढकालको नाममा रहेको १५ हजार ८७० कित्ता संस्थापक शेयर गरी कूल २६ लाख ६३ हजार ६६ कित्ता शेयर बिक्रीमा राखिएको हो ।

नेपाल राष्ट्र बैंकको निर्देशन बमोजिम सर्वप्रथम बैंकका संस्थापक शेयरधनीहरुलाई नै प्राथमिकता दिनुपर्ने भएकाले संस्थापक शेयर खरिद गर्न इच्छुक संस्थापक शेयरधनीहरुलाई सूचना प्रकाशन भएको मितिले ३५ दिनभित्र आवश्यक कागजपत्र संकलन गरेर बैंकको बागबजार, काठमाडौंस्थित शेयर शाखामा आइपुग्ने गरि निवेदन दिनुपर्नेछ ।

तोकिएको समय अवधिभित्र विद्यमान संस्थापकहरुको आवेदन नआएमा प्रचलित कानून बमोजिम शेयर बिक्री प्रक्रिया अगाडि बढाउने बैंकले जनाएको छ ।


प्रतिक्रिया दिनुहोस्