बैंकहरुले एक सातामा भित्र्याए ४ अर्ब निक्षेप, २ अर्ब कर्जा प्रवाह गर्दा सीडी रेसियो ९१.२२ प्रतिशत « Arthapath.com
५ असार २०८३, शुक्रबार

बैंकहरुले एक सातामा भित्र्याए ४ अर्ब निक्षेप, २ अर्ब कर्जा प्रवाह गर्दा सीडी रेसियो ९१.२२ प्रतिशत



काठमाडौं । वाणिज्य बैंकहरुले एक साताको अवधिमा ४ अर्ब रुपैयाँ निक्षेप संकलन गरेका छन् । चैत्र १८ गतेदखि चैत्र २५ गतेसम्म वाणिज्य बैंकहरुले ४ अर्ब रुपैयाँ निक्षेप संकलन गर्न सफल भएका हुन् । चैत्र १८ गते ४३ खर्ब ३१ अर्ब रुपैयाँ निक्षेप संकलन गरेका बैंकहरुले चैत्र २५ गतेसम्ममा ४ अर्ब रुपैयाँ बढेर ४३ खर्ब ३४ अर्ब रुपैयाँ पुगेको हो ।

त्यस्तै, २५ दिनको अवधिमा वणिज्य बैंकहरुको निक्षेप २ अर्ब रुपैयाँ मात्रै भित्र्याएका छन् । फागुन मसान्तसम्म ४३ खर्ब ३३ अर्ब रुपैयाँ निक्षेप संकलन गरेका वाणिज्य बैंकहरुको २ अर्ब बढेर चैत्र २५ गतेसम्म ४३ खर्ब ३४ अर्ब रुपैयाँ पुगेको हो ।

यता वाणिज्य बैंकहरुले एक साताको अवधिमा २ अर्ब रुपैयाँ कर्जा प्रवाह गरेका छन् । चैत्र १८ गते ४१ खर्ब ७५ अर्ब रुपैयाँ कर्जा वितरण गरेका वाणिज्य बैंकहरुले २ अर्ब बढेर चैत्र २५ गतेसम्ममा ४३ खर्ब ७७ अर्ब रुपैयाँ पुगेको नेपाल बैंकर्स संघले जनाएको छ । २५ दिनको अवधिमा भने वाणिज्य बैंकहरुले ५ अर्ब रुपैयाँ वितरण गरेका छन् । फागुन मसान्तसम्म वाणिज्य बैंकहरुले ४१ खर्ब ७२ अर्ब रुपैयाँ कर्जा प्रवाह गरेका थिए ।

नेपाल बैंकर्स संघका अनुसार सीडी रेसियो ९१.२२ प्रतिशत रहेको छ ।


प्रतिक्रिया दिनुहोस्