मेगा बैंकबाट बाहिरिन सीईओ खुञ्जेली, कामु सीईओमा रविना देशराज श्रेष्ठ नियुक्त « Arthapath.com
२ बैशाख २०७९, शुक्रबार

मेगा बैंकबाट बाहिरिन सीईओ खुञ्जेली, कामु सीईओमा रविना देशराज श्रेष्ठ नियुक्त



काठमाडौं । मेगा बैंककी कायमुकायम प्रमुख कार्यकारी अधिकृत (कामु सीईओ) मा रविना देशराज श्रेष्ठ नियुक्त भएकी छिन् ।

मेगा बैंककी प्रमुख कार्यकारी अधिकृत (सीईओ) अनुपमा खुञ्जेलीले राजीनामा दिएपछि कामु सीईओको जिम्मेवारी श्रेष्ठलाई दिईएको हो । बैंकको बुधबार बसेको सञ्चालक समितिको बैठकले उनलाई कामु सीईओ जिम्मेवारी दिएको जनाएको छ ।

सीईओ खुञ्जेलीको ४ बर्षे कार्यकाल गत चैत्र ३० गते सकिएको थियो । खुञ्जेलीको कार्यकाल सकिएपछि अर्काे निर्णय नभएसम्मका लागि कामु सीईओको जिम्मेवारी श्रेष्ठले पाएकी हुन् ।

सीईओ खुञ्जेली २०७४ चैत ३० मेगा बैंकको सीईओमा नियुक्त भएकी थिइन् । ४ वर्षको कार्यकाल सफलतापूर्वक सम्पन्न गरेकी सीईओ खुञ्जेली वाणिज्य बैंकहरु मध्ये एक मात्रै महिला सीईओ थिईन् । खुञ्जेलीले मेगा बैककलाई पछिल्लो समय खुलेका बैकहरूमध्ये अब्बल बनाएकी थिइन । सीईओ खुञ्जेलीसँग बैंकिङ्ग क्षेत्रमा ३० बर्ष काम गरेको अनुभव छ । तत्कालीन नेपाल ग्रिन्डलेज बैंकबाट बैंकिङ्ग करियर सुरु गरेकी खुञ्जेली नबिल बैंक हुँदै स्थापना कालमै मेगा बैंकमा प्रवेश गरेकी थिइन् ।

यता कामु सीईओ श्रेष्ठ स्थापनाकालदेखि नै मेगा बैंकमा कार्यरत छिन् । ३१ बर्षदेखि नेपालको बैंकिङ क्षेत्रमा सेवारत श्रेष्ठ बिजनेश र ग्रामीण बैंकिङ्गमा विशेष दख्खल राख्ने बैंकर हुन् । भारतको कोलकत्तास्थित मदन टेरेसाज होम फर द ओल्ड एण्ड चिल्ड्रेनबाट आफ्नो करिअर सुरु गरेकी श्रेष्ठ त्यसपछि स्ट्याण्डर्ड चार्टर्ड बैंक, नबिल बैंकमा समेत काम गरेकी थिईन् ।

खुञ्जेलीको राजिनामा पछि मेगा बैंकमा संभावित सीईओको चर्चा सुरू भएको छ । हाल बजारमा खाली रहेका सीईओहरूले मेगा बैक जान सम्पर्क बढाएका छन् । को सीईओ बन्छ भन्ने यकिन भएको छैन ।


प्रतिक्रिया दिनुहोस्