सिद्धार्थ बैंकको नाफासँगै ईपीएस पनि बढ्यो, वितरणयोग्य नाफा कति छ ?
काठमाडौं । सिद्धार्थ बैंक लिमिटेडको चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा खुद नाफा १.१३ प्रतिशत बढेर २ अर्ब ८ करोड ८५ लाख ६१ हजार रुपैयाँ आर्जन गरेको छ । गत आर्थिक बर्षको सोही अवधिमा बैंकले २ अर्ब ६ करोड ५२ लाख ३८ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको थियो ।
चालु आर्थिक बर्षको ९ महिनामा बैंकको खुद ब्याज आम्दानी २१.०६ प्रतिशत बढेर ४ अर्ब ७६ करोड १३ लाख ५६ हजार रुपैयाँ आर्जन गरेको छ । गत आर्थिक बर्षको सोही अवधिमा बैंकले ३ अर्ब ९३ करोड ३१ लाख १६ हजार रुपैयाँ खुद ब्याज आम्दानी गरेको थियो ।
यस अवधिमा बैंकको सञ्चालन नाफा १.१२ प्रतितश बढेर ३ अर्ब २ करोड ३ लाख ९२ हजार रुपैयाँ र वितरणयोग्य नाफा १ अर्ब १ करोड ८७ लाख ९३ हजार रुपैयाँ रहेको छ ।
समिक्षा अवधिमा बैंकको चुक्ता पूँजी १४.२५ प्रतिशत बढेर १२ अर्ब ५२ करोड ४४ लाख २६ हजार रुपैयाँ, जगेडा कोष ५.२१ प्रतिशत बढेर ८ अर्ब २ करोड ८७ लाख १५ हजार रुपैयाा, निक्षेप ४.५० प्रतिशत बढेर १ खर्ब ८९ अर्ब ६ करोड ९० लाख ६९ हजार रुपैयाँ, कर्जा ११.८५ प्रतिशत बढेर १ खर्ब ७७ अर्ब ३७ करोड ४२ लाख ९३ हजार रुपैयाँ पुगेको छ ।
यस अवधिमा बैंकको प्रतिशेयर आम्दानी २५ पैसा बढेर २२ रुपैयाँ ३८ पैसा रहेको छ । बैंकको प्रतिशेयर नेटवर्थ १७२ रुपैयाँ २४ पैसा रहेको छ ।












