मेगा बैंकको नाफासँगै ईपीएस पनि बढ्यो, अन्य सूचक कस्ता छन् ? « Arthapath.com
६ असार २०८३, शनिबार

मेगा बैंकको नाफासँगै ईपीएस पनि बढ्यो, अन्य सूचक कस्ता छन् ?



काठमाडौं । मेगा बैंक लिमिटेडको चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा खुद नाफा २.१२ प्रतिशत बढेर २ अर्ब १ करोड ४५ लाख ३४ हजार रुपैयाँ आर्जन गरेको छ । गत आर्थिक बर्षको सोही अवधिमा बैंकले १ अर्ब ९७ करोड २७ लाख ५५ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको थियो ।

चालु आर्थिक बर्षको ९ महिनामा बैंकको खुद ब्याज आम्दानी ३.२० प्रतिशत घटेर ३ अर्ब ९५ करोड ७५ लाख ६९ हजार रुपैयाँ आर्जन गरेको छ । गत आर्थिक बर्षको सोही अवधिमा बैंकले ४ अर्ब ८ करोड ८२ लाख १७ हजार रुपैयाँ खुद ब्याज आम्दानी गरेको थियो ।

यस अवधिमा बैंकको सञ्चालन नाफा ८.२७ प्रतिशत बढेर २ अर्ब ९९ करोड ९२ लाख ४९ हजार रुपैयाँ र वितरणयोग्य नाफा ९६ करोड १७ लाख ९५ हजार रुपैयाँ रहेको छ ।

समिक्षा अवधिमा बैंकको चुक्ता पूँजी १० प्रतिशत बढेर १६ अर्ब १२ करोड ४ लाख ६१ हजार रुपैयाँ, जगेडा कोष २३.८५ प्रतिशत बढेर ३ अर्ब ६८ करोड ५१ लाख ५६ हजार रुपैयाँ, निक्षेप संकलन १०.६८ प्रतिशत बढेर १ खर्ब ४७ अर्ब ५९ करोड ९० लाख २३ हजार रुपैयाँ र कर्जा १०.८८ प्रतिशत बढेर १ खर्ब ४६ अर्ब ४७ करोड ३० लाख २० हजार रुपैयाँ पुगेको छ ।

बैंकको प्रतिशेयर आम्दानी ३५ पैसा बढेर १६ रुपैयाँ ७७ पैसा रहेको छ । बैंकको प्रतिशेयर नेटवर्थ १३६ रुपैयाँ ७० पैसा रहेको छ ।


प्रतिक्रिया दिनुहोस्