बैंक अफ काठमाण्डूको ब्याज आम्दानी १८.७४ प्रतिशत बढ्यो, अन्य सूचक कस्ता छन् ? « Arthapath.com
११ बैशाख २०७९, आईतवार

बैंक अफ काठमाण्डूको ब्याज आम्दानी १८.७४ प्रतिशत बढ्यो, अन्य सूचक कस्ता छन् ?



काठमाडौं । बैंक अफ काठमाण्डूको चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा खुद नाफा २५.५३ प्रतिशत घटेर ८७ करोड ७ लाख ८१ हजार रुपैयाँ आर्जन गरेको छ । गत आर्थिक बर्षको सोही अवधिमा बैंकले १ अर्ब १६ करोड ९३ लाख ४२ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको थियो ।

चालु आर्थिक बर्षको ९ महिनामा बैंकको खुद ब्याज आम्दानी १८.७४ प्रतिशत बढेर २ अर्ब ७९ करोड ७४ लाख ७० हजार रुपैयाँ आर्जन गरेको छ । गत आर्थिक बर्षको सोही अवधिमा बैंकले २ अर्ब ३५ करोड ५८ लाख ९५ हजार रुपैयाँ खुद ब्याज आम्दानी गरेको थियो ।

यस अवधिमा बैंकको सञ्चालन नाफा ३१.२९ प्रतिशत घटेर १ अर्ब १५ करोड ६ लाख ३४ हजार रुपैयाँ र वितरणयोग्य नाफा ४० करोड २५ लाख २६ हजार रुपैयाँ रहेको छ ।

समिक्षा अवधिमा बैंकको चुक्ता पूँजी १० प्रतिशत बढेर १० अर्ब ६२ करोड ३९ लाख ९४ हजार रुपैयाँ, जगेडा कोष ५.०२ प्रतिशत बढेर ५ अर्ब ६९ करोड ३ लाख ३५ हजार रुपैयाँ, निक्षेप ७.९० प्रतिशत बढेर १ खर्ब ४ अर्ब २० करोड ९ लाख ८८ हजार रुपैयाँ र कर्जा १०.९३ प्रतिशत बढेर १ खर्ब २ अर्ब ९१ करोड ८५ लाख ७३ हजार रुपैयाँ पुगेको छ ।

यस अवधिमा बैंकको प्रतिशेय आम्दानी ४९ पैसा बढेर १६ रुपैयाँ ६३ पैसा रहेको छ भने बैंकको प्रतिशेयर नेटवर्थ १५७.४८ रुपैयाँ रहेको छ ।


प्रतिक्रिया दिनुहोस्