सरकार मार्फत आन्तरिक तथा बाह्य शक्तिको राष्ट्र बैंकमाथि हमला भयो « Arthapath.com
१४ बैशाख २०७९, बुधबार

सरकार मार्फत आन्तरिक तथा बाह्य शक्तिको राष्ट्र बैंकमाथि हमला भयो



काठमाडौं । नेपाल राष्ट्रिय कर्मचारी संगठनका अध्यक्ष रेशम बहादुर बल्छौडिले नेपालमा गरिब र धनि बिचको खाडल बढेको बताएका छन् । नेपाल राष्ट्र बैंकको ६७ औं वार्सिकोत्सवको अवसरमा बोल्दै अध्यक्ष बल्छौडिले एउटै संस्थामा कुनै कर्मचारीको तलव अधिक भन्दा बढी हुने र सोही संस्थामा अर्को कर्मचारीको तलव न्यून हुदा गरिबी र धनी बिचको खाडल बढ्ने उनले बताए ।

गभर्नरले कसैलाइ काखा र कसैलाइ पाखा गर्दा बैकिङ्ग क्षेत्रमा ठूलो प्रभाव पर्ने उनले बताए । कर्मचारीको वृद्धि बिकासका लागि नियमावली संसोधन गर्नु पर्ने उनको माग छ । राष्ट्र बैंकका कर्मचारीले पत्रपत्रिका तथा र सामाजिक संजालमा लेख रचना सार्वजनिक हुदाँ संयमित हुनुपर्ने उनको भनाइ छ ।

यता नेपाल बित्तीय संस्था कर्मचारी संघका अध्यक्ष राजिब रेग्मिले सरोकारवाला निकाय बिच समन्वय गरेर अघि बढ्नु पर्ने बताएका छन् । राष्ट्र बैंकलाइ कुनै आग्रह र पुर्वाग्रह ढंगले संचालन गर्न नहुने उनले बताए । गभर्नर महाप्रसाद अधिकारिलाई अदालतले गरेको निर्णय स्वागत गरेको उनले बताए । उनले भने ‘राष्ट्र बैंकले पुर्वाग्रह ढंगले निर्णय गर्दा स्वायत्त संस्थालाई प्रभाव पारेको बताए । गभर्नर सबैको साझा हो । रास्ट्र बैंक सबैको साझा हो । कर्मचारी अनुसासनमा बस्नुपर्ने बताए।’

नेपाल राष्ट्र बैंक कर्मचारी संघका अध्यक्ष रुद्र प्रसाद तिमिल्सिनाले राष्ट्र बैंकको वार्सिकोत्सव मनाइरहदा खुसी नभएको बताएका छन् । विभिन्न ब्यक्ति तथा संगठनले सरकार मार्फत राष्ट्र बैंकको स्वायत्तता माथी प्रहार गर्ने गरेको उनले बताए । आन्तरिक र बाह्य शक्तिले राष्ट्र बैंक माथी बेला बेलामा हमला गर्ने गरेको अध्यक्ष तिमिल्सिनाले बताए । अबका दिनहरुमा भने यस्ता घटना नहुनेमा उनले बिश्वास व्यक्त गरे । राष्ट्र बैंकले आफ्नो कर्तव्य निर्वाह गर्दा सिन्को भाच्न नसक्ने सरकारले रास्ट्र बैंकमाथि हमला गर्ने निर्णय गरेको उनले बताए ।

राष्ट्र बैंकले आफ्नो निति नियम आनुसार काम कारबाही गर्दै आएको तर निराधार आरोप लगाएर गभर्नर निलम्बन गर्नु भनेको हस्तक्षेप गर्न खोजेको हो । मन्त्रालय मार्फत राष्ट्र बैंकका गोप्य सूचना चुहाएको आरोप उनको छ । अर्थमन्त्री ले आफ्नो अनुशासन बिर्सेको अध्यक्ष तिमिल्सिनाले आरोप लगाए ।


प्रतिक्रिया दिनुहोस्