नेपाल बङ्गलादेश बैंकले बोलायो विशेष साधारण सभा « Arthapath.com
२३ बैशाख २०७९, शुक्रबार

नेपाल बङ्गलादेश बैंकले बोलायो विशेष साधारण सभा



काठमाडौं । नेपाल बङ्गलादेश बैंकले आफ्नो विशेष साधारण सभा बोलाएको छ । बैंकको बैशाख २२ गते बसेको सञ्चालन समितिको बैठकले आफ्नो विशेष साधारण सभा जेठ ७ गते बिहान ११ बजे बोलाएको हो ।

नबिल बैंकले प्राप्तिमा लैजाने प्रस्ताव पारित गर्न नेपाल बंगलादेश बैंकले विशेष साधारण सभा बोलाएका हो ।

नबिल बैंकले नेपाल बंगलादेश बैंक (एनबी) गाभ्ने अन्तिम तयारीमा रहेको छ । साथै बैंकले बिशेष साधारण सभा प्रयोजनार्थ बैशाख ३० गते एक दिन बुक क्लोज गर्ने निर्णय गरेको छ । आगामी असार भित्रै एक्विजिसनको प्रकृया सक्ने तयारी रहेको बैंकले जनाएको छ ।

नबिल बैंकले एनबी बैंकलाई गाभ्नका लागि गत पुस २९ गते प्रारम्भिक सम्झौता गरेको थियो । हाल नबिल बैंकको चुक्ता पूँजी करिब १८ अर्ब ५० करोड रुपैयाँ र एनबी बैंकको करिब १० अर्ब ९ करोड रुपैयाँ रहेको छ । एक्विजिसनपश्चात् हाल सहमत गरिएको स्वाप रेसियो अनुरुप बैंकको चुक्ता पूँजी करिब २३ अर्ब रुपैयाँ पुग्नेछ ।


प्रतिक्रिया दिनुहोस्