मुक्तिनाथ विकास बैंकलाई नम्बर वान बनाएका सीईओ पोखरेलले ४ बर्षमा साढे २ करोड रुपैयाँ पारिश्रमिक बुझे « Arthapath.com
२३ बैशाख २०७९, शुक्रबार

मुक्तिनाथ विकास बैंकलाई नम्बर वान बनाएका सीईओ पोखरेलले ४ बर्षमा साढे २ करोड रुपैयाँ पारिश्रमिक बुझे



काठमाडौं । मुक्तिनाथ विकास बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा पुनः प्रद्युमन पोखरेल नियुक्त भएका छन् । बैशाख २० गते मंगलबार बसेको बैंकका सञ्चालक समितिको बैठकले पोखरेललाई दोस्रो कार्यकालका लागि सीईओमा नियुक्त गरेको हो ।

यसअघि सीईओ पोखरेलले २०७५ जेठ १ गतेबाट बैंकको प्रमुख कार्यकारी पदको जिम्मेवारी सम्हालेका थिए । सीईओ पोखरेले दोस्रो कार्यकाल जेठ १ गतेदेखि सम्हाल्ने छन् । उनी सीईओ बन्नु अघि बैंकको सीईओमा भरतराज ढकाल कार्यरत रहेका थिए ।

विगत ३ दशकभन्दा धेरै बैंकिङ्गको क्षेत्रमा अनुभव रहेको पोखरेलले नबिल बैंक, मेगा बैंक नेपालमा उच्च ओहदामा रहेर काम गरिसकेका छन् । २०७३ मंसिर १९ गतेदेखि उनी मुक्तिनाथ विकास बैंकमा नायब प्रमुख कार्यकारी अधिकृत भएर प्रवेश गरेका थिए । हाल उनी डेभलपमेन्ट बैंकरर्स एसोसिएसन नेपालका अध्यक्ष समेत रहेका छन् ।

सीईओ पोखरेलले आर्थिक बर्ष २०७४–७५ मा ७ लाख ६३ हजार ७७६ रुपैयाँ वार्षिक तलव भत्ता र ५२ हजार २२४ रुपैयाँ संचय कोष गरी कूल ८ लाख १६ हजार रुपैयाँ पारिश्रमिक बुझेका थिए ।

त्यस्तै, आर्थिक बर्ष २०७५–७६ मा सीईओ पोखरेलले तलब भत्ता वापत ५० लाख ४० हजार ९२२ रुपैयाँ, कर्मचारी बोनस वापत १२ लाख ८० हजार ८१७ रुपैयाँ, विदा वापतको ७० हजार १३ रुपैयाँ, संचयकोष वापत ३ लाख ४४ हजार ६८७ रुपैयाँ गरी कूल ६७ लाख ३६ हजार ४३० रुपैयाँ पारिश्रमिक बुझेका थिए ।

त्यस्तै, आर्थिक बर्ष २०७६–७७ मा सीईओ पोखरेलले तलव तथा भत्ता वापत ५८ लाख ८५ हजार ९६९ रुपैयाँ, कर्मचारी बोनस वापत २० लाख ८ हजार ६५६ रुपैयाँ, संचयकोष वापत ३ लाख ७९ हजार १४६ रुपैयाँ गरी कूल ८२ लाख ७३ हजार ७७१ रुपैयाँ बुझेका थिए । साथै उनले भ्रमण भत्ता वापत स्वदेशमा प्रति दिन २ हजार ७ सय रुपैयाँ, सार्क राष्ट्रमा ७५ अमेरिकी डलर, अन्य देशहरुमा १०० अमेरिकी डलर प्रदान गर्ने व्यवस्था रहेको छ ।

त्यस्तै, आर्थिक बर्ष २०७७–७८ तलव तथा भत्ता वापत ६४ लाख ४७ हजार ६६ रुपैयाँ, संचय कोष ावपत ४ लाख १७ हजार ६१ रुपैयाँ, विदा वापत २ लाख ३१ हजार ७ सय रुपैयाँ र बोनस वापत १२ लाख ६५ हजार ८०१ रुपैयाँ गरी कूल ८३ लाख ६१ हजार ६२८ रुपैयाँ बुझेका थिए । साथै, आवास कर्जा ५९ लाख २४ हजार ९२५ रुपैयाँ, २५ लाखको दुर्घटना बीमा, र ५ लाखको औषधोपचार बीमा सुविधा रहेको छ ।

सीईओ पोखरेलले ४ बर्षको अवधिमा २ करोड ३६ लाख ८७ हजार ८२९ रुपैयाँ बुझको छन् । उनी बैंकको सीईओ बनेदेखि ४ बर्षमा झण्डै साढे २ करोड रुपैयाँ पारिश्रमिक बुझेका हुन् । तर यस चालु आवको पनि जोड्ने हो भने उनको पारिश्रमिक झण्डै ३ करोड रुपैयाँ बुझ्ने देखिन्छ ।

मुक्तिनाथ विकास बैंक लिमिटेडको चालु आर्थिक बर्षको तेस्रो त्रैमासमा खुद नाफा १ अर्ब २ करोड ६ लाख २७ हजार रुपैयाँ, खुद ब्याज आम्दानी २ अर्ब ४० करोड २३ लाख ४० हजार रुपैयाँ, सञ्चालन मुनाफा १ अर्ब ४६ करोड ३ लाख २० हजार रुपैयाँ र वितरणयोग्य नाफा ५४ करोड ७२ लाख २७ हजार रुपैयाँ रहेको छ ।

बैंकको चुक्ता पूँजी ५ अर्ब ६५ करोड ७१ लाख ८० हजार रुपैयाँ, जगेडा कोष १ अर्ब ५६ करोड १८ लाख ३८ हजार रुपैयाँ, निक्षेप संकलन ९९ अर्ब १ करोड ४३ लाख ५४ हजार रुपैयाँ र कर्जा ८७ अर्ब ८५ करोड ९६ लाख ७८ हजार रुपैयाँ पुगेको छ ।

बैंकको प्रतिशेयर आम्दानी ३६ पैसा बढेर २४ रुपैयाँ ६ पैसा पुगेको छ । बैंकको प्रतिशेयर नेटवर्थ १३७ रुपैयाँ ४१ पैसा रहेको छ ।


प्रतिक्रिया दिनुहोस्