सेञ्चुरी कमर्सियल बैंकको १८ कित्ता शेयर बिक्रीमा, कहिलेसम्म दिने आवेदन ? « Arthapath.com
६ असार २०८३, शनिबार

सेञ्चुरी कमर्सियल बैंकको १८ कित्ता शेयर बिक्रीमा, कहिलेसम्म दिने आवेदन ?



काठमाडौं । सेञ्चुरी कमर्सियल बैंक लिमिटेडले संस्थापक शेयर बिक्रीमा ल्याएको छ । बैंकले संस्थापक समूह तर्फको १८ लाख २१ हजार ६० कित्ता शेयर बिक्री गर्ने लागेको हो ।

बैंकका संस्थापक शेयरधनीहरुले आफ्नो नाममा रहेको शेयर बिक्रीका लागि आवेदन दिए बमोजिम संचालक समितिले बिक्री प्रक्रिया अगाडि बढाएको हो । उक्त शेयर खरिद गर्ने चाहने इच्छुक विद्यमान संस्थापक शेयरधनीहरुले आवश्यक कागजात संकलन गरी सूचना प्रकाशित भएको मिति (बैशाख २८ गते)ले ३५ दिन भित्र बैंकको केन्द्रिय कार्यालय पुतलीसडक काठमाडौंमा आवेदन दिन सक्नेछन् ।

साथै, तोकिएको अवधि भित्र विद्यमान संस्थापक शेयरधनीहरुबाट कुनै पनि आवेदन नपरेको खण्डमा उक्त शेयर अन्य ब्यक्ति तथा संघ संस्थालाई बिक्री प्रक्रिया अगाडि बढाउनेक कम्पनीले जनाएको छ ।


प्रतिक्रिया दिनुहोस्