बैंक अफ काठमाण्डूका ग्राहकहरुलाई ड्रिम्स ताज बिस्ट्रोमा १०% सम्मको छुट « Arthapath.com
११ जेष्ठ २०७९, बुधबार

बैंक अफ काठमाण्डूका ग्राहकहरुलाई ड्रिम्स ताज बिस्ट्रोमा १०% सम्मको छुट



काठमाडौं । बैंक अफ काठमाण्डू लिमिटेड र ड्रिम्स ताज बिस्ट्रो तथा होस्टलरीबीच छुट सम्बन्धी सम्झौता भएको छ । बैंकको डेबिट कार्ड तथा क्रेडिट कार्ड बाट भुक्तानी गर्दा बैंकको ग्राहकहरुले डेबिट तथा क्रेडिट कार्डको प्रयोगमा क्रमशः ७ प्रतिशत तथा १० प्रतिशतको छुट उपलब्ध गराउने सम्झौता भएको हो ।

यस सम्झौता पश्चात् ग्राहकहरुलाई ड्रिम्स ताज बिस्ट्रो तथा होस्टलरी जीतपुर, बारामा उपलब्ध हुने सम्पूर्ण सेवाहरुमा एकमुष्ठ अधिकतम् १० प्रतिशत सम्मको छुट पाउनुहुनेछ । उक्त छुटको उपयोग गर्नको लागि ग्राहकहरुले बैंकको डेबिट तथा क्रेडिट कार्डको प्रयोग गरी भुक्तानी गर्नुपर्नेछ । ड्रिम्स ताज बिस्ट्रो तथा होस्टलरीले जितपुरको बाराबाट सेवाग्राहीहरुलाई गुणस्तरीय सेवा तथा सुबिधाहरु प्रदान गर्दै आईरहेको छ ।

हालसम्म बैंक अफ काठमाण्डू लिमिटेडले ९७ शाखा कार्यालयहरु, ८८ एटिएम र १० एक्स्टेन्सन काउन्टरबाट आफ्ना ग्राहक महानुभावहरुलाई उत्कृष्ट बैंकिङ्ग सुविधा प्रदान गर्दै आईरहेको छ ।


प्रतिक्रिया दिनुहोस्