राष्ट्र बैंकको निर्देशन ‘जडीबुटी उत्पादनमा जाने कर्जाको बेसरेटमा २ प्रतिशत प्रिमियम लिनु’ « Arthapath.com
१२ जेष्ठ २०७९, बिहीबार

राष्ट्र बैंकको निर्देशन ‘जडीबुटी उत्पादनमा जाने कर्जाको बेसरेटमा २ प्रतिशत प्रिमियम लिनु’



काठमाडौं । नेपाल राष्ट्र बैंकले फलफूल तथा जडिबुटी उत्पादनका प्रवाह गर्ने कर्जामा आधारदरमा कडाई गरेको छ । राष्ट्र बैंकले बिहीबार एक परिपत्र जारी गर्दै फलफूल तथा जडिबुटी उत्पादनका प्रवाह गर्ने कर्जामा आधारदरमा २ प्रतिशत मात्रै प्रिमियम लाग्ने व्यवस्था गरेको हो ।

राष्ट्र बैंकको परिपत्रमा भनिएको छ, ‘फलफूल तथा लागि ररवा पूर्णतयाः स्वदेशमा उत्पादित फलफूल एवम् जडिबुटी प्रशोधन गर्ने परियोजनाका लागि बैंक तथा वित्तीय संस्थाले आधार दरमा अधिकतम २ प्रतिशत विन्दुसम्म मात्र प्रिमियम थप गरी आवधिक कर्जा प्रवाह गर्नु पर्नेछ, यस्तो ब्याजदर जग्गा खरिद गर्न प्रवाह हुनेरभएका कर्जामा लागु हुने छैन ।’


प्रतिक्रिया दिनुहोस्