नबिल बैंकबाट आज बिदा हुँदै अनिल शाह, भाेलीदेखी शाक्य कामु सीईओ « Arthapath.com
६ असार २०७९, सोमबार

नबिल बैंकबाट आज बिदा हुँदै अनिल शाह, भाेलीदेखी शाक्य कामु सीईओ



काठमाडौं । नबिल बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) अनिलकेशरी शाहको कार्यकाल सकिएपछि आजदेखी बैंकबाट बिदा हुने भएका छन् । नबिल बैंकमा कार्यकाल सकिएपछि सीईओ शाह बैंकबाट बाहिरिने भएका हुन् ।

नबिल बैंकमा ४ बर्षे कार्यकाल सकेर सीईओ शाह सोमबारदेखि बिदा हुन लागेका हुन् । सीईओ शाहसँग बैंकिङ्ग क्षेत्रमा साढे ३ दशक काम गरेको अनुभव रहेको छ । उनले सन् १९९१ मा ग्रिनलेज (हाल स्ट्याण्डर्ड चार्टर्ड) बैंकबाट बैंकिङ्ग यात्रा शुरु गरेका हुन् । उनले हालसम्म ३ वटा बैंकमा काम गर्ने अवसर प्राप्त गरेका छन् ।

नबिल बैंकमा पहिलो कार्यकाल सीईओ बनेका उनी त्यसपछि मेगा बैंकको सीईओ बनेका थिए । मेगा बैंकबाट पुनः दोस्रो पटक नबिल बैंकमा सीईओ बने । नबिल बैंकमा सीईओ बनेको शाह नबिल बैंकबाट नै बैंकिङ्ग यात्रा बन्द भएको हो । शाहले नबिलमा ९ वर्ष र मेगा बैंकमा ८ वर्ष सीईओको रुपमा काम गरेका हुन् ।

यो अवधिमा उनी नेपाल बैंकर्स संघका अध्यक्षसमेत भएका थिए । नबिलबाट बाहिरिएपछि केही नयाँ क्षेत्रमा काम गर्ने सोच रहेको शाहले बताउँदै आएका छन् ।

कामु सीईओ बन्दै सुजित शाक्य

सीईओ शाह बैंकबाट बाहिरिएपछि बैंकको कायमुकायम (कामु) सीईओको जिम्मेवारी सुजित शाक्यले पाएका छन् । बैंक सञ्चालक समितिले नबिल बैंकको कामु सीईओको जिम्मेवारी डेपुटी सीईओ रहेका सुजित शाक्य दिईएको हो । यसअघि ग्लोबल आइएमई बैंकमा डेपुटी सीईओ रहेका उनी नबिल बैंकमा आएका थिए ।

कामु सीईओ शाक्यले नेपालमा ३ वटा ठूला वाणिज्य बैंक मर्ज गराउन ठूलो भूमिका निर्वाह गरेका छन् । सुजित शाक्यले तत्कालीन बैंक अफ एसिया र एनआईसी बैंक मर्ज गराउन व्याकबोनको रुपमा काम गरेका थिए ।

त्यसपछि उनले जनता बैंकलाई ग्लोबल आइएमई बैंकमा मर्जर गराउनमा पनि उनले ठूलै मेहनत गरेका थिए । मर्जरपछि ग्लोबल बैंकको डेपुटी सीईओ छाडेर नबिल बैंकको डेपुटी सीईओमा जोडिएका शाक्यले एनबी बैंकलाई नबिल बैंकमा मर्ज गराउन पनि ठूलो भूमिका निर्वाह गरिरहेका छन् ।


प्रतिक्रिया दिनुहोस्