इन्फिनिटी लघुवित्तमा रोजगारीको अवसर, कति चाहिन्छ शैक्षिक योग्यता ?

काठमाडौं । इन्फिनिटी लघुवित्त वित्तीय संस्था लिमिटेडले कर्मचारी माग गरेको छ । लघुवित्तले एक सूचना प्रकाशित गर्दै २ पदका लागि कर्मचारी मागेको हो ।
लघुवित्तले कनिष्ठ अधिकृत अधिकृत र सहायक बरिठ सहायकमा केही संख्यामा कर्मचारी माग गरेको छ । जसका लागि शैक्षिक योग्यता प्रविणता प्रमाणपत्र तह उत्तिर्ण देखि स्नातक उत्तिर्ण तथा बैंक तथा वित्तीय संस्थामा अनुभवी कर्मचारी कर्मचारी माग गरेको छ ।
योग्यता पुगेका इच्छुक ब्यक्तिले आवश्यक कागजात संकलन गरी सूचना प्रकाशित भएको मिति (असार ८ गते) ले ३५ दिन भित्र बेभसाइट https://infinitylbsl.com.np/ मा Career भित्र गई online Application मार्फत आवेदन दिन सकिनेछ ।
