एनबी बैंक गाभ्न नबिललाई राष्ट्र बैंकको अन्तिम स्वीकृति, असार २७ गते एकीकृत कारोबार « Arthapath.com
१५ असार २०७९, बुधबार

एनबी बैंक गाभ्न नबिललाई राष्ट्र बैंकको अन्तिम स्वीकृति, असार २७ गते एकीकृत कारोबार



काठमाडौं । नेपाल राष्ट्र बैंकले नबिल बैंकलाई नेपाल बङ्गलादेश (एनबी) बैंकलाई गाभ्न अन्तिम स्वीकृति दिएको छ । राष्ट्र बैंकको बुधबार बसेको सञ्चालक समितिको बैठकले नबिललाई एनबी गाभ्न अन्तिम स्वीकृति दिएको हो ।

राष्ट्र बैंकले अन्तिम स्वीकृति दिएसँगै असार २७ गते एकीकृत कारोबार गर्ने भएका छन् । एकीकृत कारोबार गर्नका लागि डाटा अपग्रेड गर्नुपर्ने भएकाले असार २६ र २७ गते दुबै बैंकको सम्पूर्ण कारोबार बन्द हुने जनाएको छ ।

नबिल बैंकको एक सय कित्ता बराबर एनबि बैंकका शेयरधनीहरुले ४३ कित्ता शेयर पाउने सहमति भएको छ । नबिल बैंकले नेपाल बंगलादेश बैंक गाभ्न गत पुस २९ गते प्रारम्भिक सम्झौता गरेको थियो ।

नबिल बैंकले एनबी बैंकलाई गाभेपछि चुक्ता पूँजी २२ अर्ब ८३ करोड रुपैयाँ, जगेडा कोष २८ अर्ब ५२ करोड रुपैयाँ पुग्नेछ ।


प्रतिक्रिया दिनुहोस्