नबिल बैंकको सीईओमा ज्ञानेन्द्र ढुंगाना, शुक्रबारदेखि बागडोर सम्हाल्दै « Arthapath.com
१६ असार २०७९, बिहीबार

नबिल बैंकको सीईओमा ज्ञानेन्द्र ढुंगाना, शुक्रबारदेखि बागडोर सम्हाल्दै



भुपराज गौतम

काठमाडौं । नबिल बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा ज्ञानेन्द्र ढुंगाना नियुक्त भएका छन् । बैंकको बिहीबार बसेको सञ्चालक समितिको बैठकले सीईओमा नियुक्त गरेको हो ।

नेपाल बङ्गलादेश बैंकलाई नबिल बैंकमा गाभ्न मुख्य भूमिका खेलेका ढुंगानालाई नबिल बैंकको सीईओ बनाईएको हो । बैंक सञ्चालक समितिको बैठकले ढुंगानालाई आगामी ४ बर्षका लागि सीईओमा नियुक्त गरेको हो ।

ढुंगाना गत पौष १६ गते नेपाल बङ्गलादेश बैंकको सीईओमा एक दशक कार्यकाल सकेर विदाई भएका थिए । सीईओ ढुंगानाले शुक्रबार (असार १७ गते) कार्यभार सम्हाल्ने भएका छन् । ढुंगाना पहिलेदेखि नै क्षमतावान सीईओको रुपमा पनि चिनिदै आएका छन् ।


प्रतिक्रिया दिनुहोस्