नबिल बैंकको बागडोर सम्हाले सीईओ ढुंगानाले, को हुन् उनी ? « Arthapath.com
१७ असार २०७९, शुक्रबार

नबिल बैंकको बागडोर सम्हाले सीईओ ढुंगानाले, को हुन् उनी ?



काठमाडौं । नबिल बैंक लिमिटेडका नवनियुक्त प्रमुख कार्यकारी अधिकृत (सीईओ) ज्ञानेन्द्र प्रसाद ढुङ्गानाले शुव्रmवारदेखि आफ्नो कार्यभार सम्हालेका छन् । नबिल बैंकको असार १६ गते बसेको संचालक समितिको बैठकले सीईओमा ढुङ्गानालाई नियुक्त गरेको थियो ।

सीईओ ढुंगाना सीईओसँग बैंकिङ्ग क्षेत्रको व्यवस्थापन तह तथा नेतृत्वदायी भूमिकामा रही २५ वर्ष भन्दा बढी लामो अनुभव छ । ढुङ्गानाले यसभन्दा अघि नेपाल बङ्गलादेश बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृतका रूपमा १० वर्षसम्म नेतृत्व गरेका थिए । साथै उनले नेपाल क्रेडिट एन्ड कमर्स बैंकको महाप्रबन्धक र नेपाल राष्ट्र बैंकको निर्देशक पदमा समेत रही काम गरेका थिए ।

भारतबाट चार्टर्ड एकाउन्टेन्सी गरेका ढुंगानाले अस्ट्रेलियाबाट सर्टिफिकेट पब्लिक एकाउन्टेन्ट तथा वित्तीय विष्लेषणमा स्नातकोत्तरसम्मको अध्ययन गरेका छन् । सन् २०१३ मा नेपाल व्यवस्थापन संघद्वारा म्यानेजर टू वाच र सन् २०१५ मा म्यानेजर अफ दी इयर विधामा पुरस्कृत भएका थिए । सीईओ ढुंगाना नेपाल बैंकर्स एसोसिएसनको अध्यक्ष समेत भएका थिए ।

उनले नेपाल राष्ट्र बैंकको निर्देशकबाट राजीनामा दिएपछि नीजी बैंकमा प्रवेश गरेका थिए । राष्ट्र बैंक छाडेपछि उनी नेपाल क्रेडिट एण्ड कमर्स बैंकको महाप्रबन्धकमा सेकेन्ड म्यानको रुपमा काम गरेका थिए । त्यसपछि उनी नेपाल बंगलादेश बैंकमा प्रमुख कार्यकारी अधिकृत बनेर भित्रिएका थिए । उनले एनबी बैंकमा प्रवेश गर्ने बेला बैंक अधिकांश सूचकहरुमा कमजोर रहेको थियो । तर उनको नेतृत्वमा सबल बैंक बन्न सफल भएको थियो ।

नेपाल बंगलादेश बैंकको संस्थापक शेयर उद्योगी विनाृद चौधरीलाई बिक्री गराउन मुख्य भूमिका खेलेका थिए । एनबी बैंकबाट बंगलादेशी लगानीकर्ताले शेयर बिक्री गरि बाहिरिने निर्णय गर्दा उनले चौधरी समूहलाई शेयर बिक्री गराउन ठूलो भूमिका निभाएका थिए । साथै उनले एनबी बैंकलाई नबिल बैंकमा गाभ्नमा पनि सहयोग गरेका थिए ।

उनको कुशल र सक्षम नेतृत्वमा बैंकले आगामी दिनमा विभिन्न वित्तीय सूचकाङ्कहरूमा अग्रणी स्थान हासिल गर्ने विश्वास बैंकले गरेको छ ।


प्रतिक्रिया दिनुहोस्