नबिल बैंक र नेपाल बंगलादेश बैंकको एकिकृत कारोबार असार २७ गतेबाट « Arthapath.com
२० असार २०७९, सोमबार

नबिल बैंक र नेपाल बंगलादेश बैंकको एकिकृत कारोबार असार २७ गतेबाट



काठमाडौं । नबिल बैंक र नेपाल बंगलादेश बैंकको एकिकृत कारोबार असार २७ गतेबाट हुने भएको छ । नबिल बैंकले नेपाल बंगलादेश बैंकलाई प्राप्ति गरेपछि नबिल बैंकको नामबाट एकिकृत कारोबार हुन लागेको हो ।

राष्ट्र बैंकको असार १५ गते बसेको सञ्चालक समितिको बैठकले नबिललाई एनबी गाभ्न अन्तिम स्वीकृति दिएसँगै एकिकृत कारोबार हुन लागेको हो । दुबै बैंकको असार १९ गते बसेको संचालक समितिको बैठकले एकिकृत कारोबार गर्ने निर्णय गरेको हो ।

एकीकृत कारोबार गर्नका लागि डाटा अपग्रेड गर्नुपर्ने भएकाले असार २६ र २७ गते दुबै बैंकको सम्पूर्ण कारोबार बन्द हुने जनाएको छ ।

नबिल बैंकले नेपाल बङ्गलादेश बैंकलाई १००ः४३ को स्वापमा गाभ्न लागेको हो । जसअनुसार नेपाल बङ्गलादेश बैंकका शेयरधनीहरुले नेपाल बङ्गलादेश बैंकको १०० कित्ता बराबर नबिल बैंक लिमिटेडको ४३ कित्ता शेयर प्राप्त गर्नेछन् ।

नबिल बैंकले एनबी बैंकलाई गाभेपछि चुक्ता पूँजी २२ अर्ब ८३ करोड रुपैयाँ, जगेडा कोष २८ अर्ब ५२ करोड रुपैयाँ पुग्नेछ ।


प्रतिक्रिया दिनुहोस्