लाजिम्पाटमा मेगा बैंकको नयाँ शाखा « Artha Path
२० असार २०७९, सोमबार

लाजिम्पाटमा मेगा बैंकको नयाँ शाखा



काठमाडौँ । आफ्ना ग्राहकको आवश्यकतालाई मध्यनजर गर्दै मेगा बैंक नेपाल लिमिटेडले शाखा बिस्तारमा तित्र्रता दिदै आइरहेको छ । सोही क्रममा बैंकले आज काठमाडौंको लाजिम्पाटमा सोमबार नयाँ शाखा विस्तार गरेको हो ।

काठमाडौं महानगरपालिका वडा नम्बर २, लाजिम्पाटमा मेगा बैंकले नयाँ शाखा विस्तार गरेको हो । उक्त शाखाबाट बैंकले दिदै आइरहेको सम्पुर्ण सेवा सुविधा सहज र सरल रुपमा प्रदान गर्ने जनाएको छ । यो मेगा बैंकको २ सय ८ औं शाखा हो ।

यो संगै मेगा बैंकको काठमाडौं उपत्यकाभर ४६ शाखा कार्यालय छन् ।


प्रतिक्रिया दिनुहोस्