एभरेष्ट बैकले ४ अर्ब रुपैयाँ बराबरको ऋणपत्र निष्कासन गर्ने, बोर्डबाट पायो अनुमति « Arthapath.com
३ श्रावण २०७९, मंगलवार

एभरेष्ट बैकले ४ अर्ब रुपैयाँ बराबरको ऋणपत्र निष्कासन गर्ने, बोर्डबाट पायो अनुमति



काठमाडौं । एभरेष्ट बैकले ऋणपत्र निष्कासनका लागि नियामक निकाय नेपाल धितोपत्र बोर्डबाट अनुमति पाएको छ । बैंकले ४ अर्ब रुपैयाँ बराबरको ४० लाख कित्ता ऋणपत्र निष्कासन गर्ने साउन २ गते बोर्डबाट अनुमति पाएको हो ।

बैंकले २० लाख कित्ता एभरेष्ट बैंक लिमिटेड ऋणपत्र २०८५ नामक र एभरेष्ट बैंक उर्जा ऋणपत्र २०८९ नामक ऋणपत्रको २० लाख कित्ता गरेर कुल ४० लाख कित्ता ऋणपत्र निष्कासन गर्ने छ । एभरेष्ट बैंक लिमिटेड ऋणपत्र २०८५ नामक ऋणपत्रको वार्षिक ब्याजदर १० दशमलव ५ प्रतिशत रहेको छ भने कम्पनीले आगामी ६ वर्ष सम्मका लागि उक्त ऋणपत्र निष्कासन गर्न छ ।

२० लाख ऋणपत्र मध्ये ८ लाख कित्ता सर्वसाधारणको लागि निष्कासन गर्नेछ भने १२ लाख कित्ता ब्यात्तिगत तबरबाट विक्री हुनेछ । त्यसैगरी एभरेष्ट बैंक लिमिटेड उर्जा ऋणपत्र २०८९ नामक ऋणपत्रको वार्षिक ५ दशमलव ५ प्रतिशत ब्याजदरमा आगामी १० वर्षसम्मको लागि ऋणपत्र निष्कासन गर्न सेबोनबाट अनुमति पाएको हो ।

कुल २० लाख ऋणपत्रमध्ये ८ लाख कित्ता सर्वसाधारणको लागि निष्कासन गर्नेछ भने १२ लाख कित्ता ब्यात्तिगत तबरबाट विक्री हुनेछ । दुबै ऋणपत्रको विक्री प्रबन्धकमा लक्ष्मी क्यापिटल मार्केट लिमिटेड रहेको छ ।


प्रतिक्रिया दिनुहोस्