३/३ महिनामै व्याज पाइने एभरेस्ट बैङ्कको ऋणपत्र साउन १८ गतेदेखि विक्री हुने, कति पाइन्छ ब्याज ? « Arthapath.com
१० श्रावण २०७९, मंगलवार

३/३ महिनामै व्याज पाइने एभरेस्ट बैङ्कको ऋणपत्र साउन १८ गतेदेखि विक्री हुने, कति पाइन्छ ब्याज ?



काठमाडौं । एभरेस्ट बैङ्कले २ अर्ब रुपैयाँ बराबरको २ लाख कित्ता ऋणपत्र निष्कासन गर्ने भएको छ । बैङ्कले आज एक दैनिक पत्रिकामा सूचना प्रकाशित गर्दै ‘एभरेस्ट बैङ्क ऋणपत्र २०८५’ हरेक ३/३ महिनामा व्याज दिने गरी निष्कासन गर्न लागेको हो । 

अहिले बैङ्कहरूले संस्थागत निक्षेपकर्तालाई १०.०३ प्रतिशत ब्याजदर दिइरहेको अवस्थामा त्यो भन्दा पनि आकर्षित १०.५ प्रतिशत व्याज पाइने ऋणपत्र एभरेस्ट बैङ्कले निष्कासन गरेको हो । लगानीकर्तालाई आकर्षित गर्न बैङ्कले हरेक ३/३ महिना व्याज दिने गरी ऋणपत्र निष्कासन गरेको हो । ६ वर्षे अवधिको सो ऋणपत्र यही साउन १८ गतेदेखि विक्री सुरु हुनेछ । 

बैङ्कले मागभन्दा बढी आवेदन आएमा साउन २२ गते नै बन्द गर्ने जनाएको छ । प्रतिकित्ता १००० रुपैयाँ दरको सो ऋणपत्र खरिदका लागि लगानीकर्ताले कम्तीमा २५ कित्ताका लागि आवेदन दिनुपर्नेछ । 

बैङ्कले निष्कासित भएको ६० प्रतिशत अर्थात् १२ लाख कित्ता प्राइभेट र ८ लाख कित्ता सर्वसाधारणलाई बिक्री गर्ने जनाएको छ । ८ लाखमध्ये ४० हजार कित्ता सामूहिक लगानी कोषलाई छुटाइएको छ ।


प्रतिक्रिया दिनुहोस्