बैङ्कहरूको नाफा २३ प्रतिसतले बढ्यो, गत वर्ष तेस्रो भएको वाणिज्य बैङ्क १ नम्बरमा, कुन बैङ्कले कति कमाए ? « Arthapath.com
२१ श्रावण २०७९, शनिबार

बैङ्कहरूको नाफा २३ प्रतिसतले बढ्यो, गत वर्ष तेस्रो भएको वाणिज्य बैङ्क १ नम्बरमा, कुन बैङ्कले कति कमाए ?



काठमाडौं । वाणिज्य बैङ्कहरूको नाफा २३ प्रतिसतले बढेको छ । गत आवमा बैङ्कहरूले अघिल्लो आवको तुलनामा २३.१४ प्रतिसतले नाफा बढाउन सफल भएका छन् । गत आवका वाणिज्य बैङ्कहरूले ७४ अर्ब ८० करोड मुनाफा आर्जन गरेका छन् । 

गत आवको सुरुवाती देखिनै बैङ्कहरूमा तरलता अभावको बावजुत बैङ्कहरूले आफ्नो मुनाफा बढाउन सफल भएका छन् । ३ वाणिज्य बैङ्कको नाफा घट्दा अन्य २३ ओटा बैङ्कहरूले बढाएका छन् । कोरोनाको असर बाँकी नै रहेको अवस्था र कर्जा लगानी सोचे जति गर्न नपाएको अवस्थामा पनि बैङ्कहरूको ग्रोथ राम्रो देखिएको हो । 

अघिल्लो आवमा तेस्रो भएको पूर्ण सरकारी स्वामित्वको राष्ट्रिय वाणिज्य बैङ्क गत आवमा १ नम्बरको ताज पाउन सफल भएको छ । सरकारी फन्डको परिचालनले गर्दा बजारमा आक्रामक लगानी गर्न सफल राष्ट्रिय वाणिज्य बैङ्कले अन्य निजी बैङ्कहरूलाई उछिनेको हो । अघिल्लो आवमा १ नम्बर बनेको नविल बैङ्क गत आवमा तेस्रो बनेको छ । 

राष्ट्रिय वाणिज्य बैङ्कले ५ अर्ब २१ करोड मुनाफा आर्जन गर्दा निजी क्षेत्रको ग्लोवल आईएमई बैङ्कले ५ अर्ब २० करोड नाफा गर्न सफल भएको छ । त्यस्तै तेस्रो नम्बरमा रहेको नविल बैङ्कले ४ अर्ब ९७ करोड मुनाफा गरेको हो । अघिल्लो अवामा पनि चौथो नम्बरमा रहेको नेपाल इन्भेस्टमेन्ट बैङ्क गत आवमा पनि चौथो भएको छ । 

गत आवमा स्टाडर्ड चाटर्ड, माछापुच्छ्रे, सिटिजन्स, एभरेस्ट, प्रभु, सनराइज, एनसिसि बैङ्कको नाफामा व्यापक ग्रोथ भएको छ । आव २०७७/७८ मा अन्तिम अवस्थामा रहेको सिभिल बैङ्कले सेन्चुरी बैङ्कलाई उछिनेको छ । २६ वाणिज्य बैङ्कमध्ये अघिल्लो आवमा अरबपति क्लबमा पुग्न नसकेका नेपाल एसविआई, सिभिल र सेन्चुरी सबै गत आवमा अरबपति क्लबमा पुगेका छन् । 


प्रतिक्रिया दिनुहोस्