महालक्ष्मी विकास बैंकको मुनाफा ९५ करोड माथि, चुक्तापूँजी ४ अर्ब पुग्दा अन्य सूचकमा समेत छलाङ « Arthapath.com
२२ श्रावण २०७९, आईतवार

महालक्ष्मी विकास बैंकको मुनाफा ९५ करोड माथि, चुक्तापूँजी ४ अर्ब पुग्दा अन्य सूचकमा समेत छलाङ



काठमाडौं । महालक्ष्मी विकास बैंक लिमिटेडले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गरेको छ । बैंकले सार्वजनिक गरेको विवरण अनुसार खुद नाफा ४४.२१ प्रतिशतले बढेर ९५ करोड १९ लाख रुपैयाँ आर्जन गरेको छ । अघिल्लो आर्थिक वर्षको सोहि अवधिमा बैंकको खुद नाफा ६६ करोड ९९ लाख रुपैयाँमा सिमित रहेको थियो ।

असार मसान्तसम्म आइपुग्दा बैंकको खुद ब्याज आम्दानी र संचालन नाफामा सुधार आउँदा खुद नाफा बढन गएको छ । यस अवधिमा बैंकको खुद ब्याज आम्दानी १८.०८ प्रतिशतले बढेर १ अर्ब ८९ करोड २० लाख ८५ हजार रुपैयाँ आर्जन गरेको छ । अघिल्लो आर्थिक वर्षको सोहि अवधिमा बैंकको खुद ब्याज आम्दानी १ अर्ब ६० करोड २४ लाख ७ हजार रुपैयाँमा सिमित रहेको थियो ।

अघिल्लो आर्थिक वर्षको चौथो त्रैमाससम्ममा ९२ करोड ५४ लाख १९ हजार रुपैयाँ रहेको बैंकको संचालन नाफा गत आर्थिक वर्षको सोहि अवधिमा आइपुग्दा संचालन नाफा ४५.८० प्रतिशतले घटेर १ अर्ब ३४ करोड ९२ लाख ८० हजार रुपैयाँ आर्जन गरेको छ ।

यसअवधिमा बैंकको वितरणयोग्य नाफा भने ३.९५% ले बढेर ५८ करोड ६१ लाख रुपैयाँ पुगेको छ । समिक्षा अवधिमा बैंकको चुक्तापूँजी २० प्रतिशतले बढेर ४ अर्ब १ करोड ८ लाख ३ हजार रुपैयाँ, जगेडा कोष १९ प्रतिशतले बढेर १ अर्ब २ करोड ७ लाख ६६ हजार रुपैयाँ, निक्षेप संकलन ९.५३ प्रतिशतले बढेर ४२ अर्ब ३७ करोड २२ लाख २१ हजार रुपैयाँ, कर्जा १६.२६ प्रतिशतले बढेर ३५ अर्ब ५ करोड १८ लाख ८१ हजार रुपैयाँ रहेको छ ।

बैंकको प्रतिसेयर आम्दानी ३ रुपैयाँ ९८ पैसाले बढेर २३ रुपैयाँ ७३ पैसा कायम भएको छ । यसको प्रतिसेयर नेटवर्थ १६० रुपैयाँ ९ पैसा छ ।


प्रतिक्रिया दिनुहोस्