सनराइज बैंकले ल्यायो अफरै अफर « Arthapath.com
१ भाद्र २०७९, बुधबार

सनराइज बैंकले ल्यायो अफरै अफर



काठमाडौं । हरितालिका तिज रहेको भाद्र महिना, महिलाहरुको लागि विशेष महिना मानिन्छ । सनराइज बैंकले महिलाहरुका लागि यस महिना विशेष योजना ल्याएको छ ।

तिजको लागि महिलाहरुको आवश्यकतालाई मध्यनजर गर्दैै बैंकले भाद्र १ गते देखि भाद्र १७ गतेसम्म सनराइज नारी बचत खाता हुने सम्पूर्ण महिलाहरुलाई पहिलो कारोबारमा १५ प्रतिशतसम्म वा ५०० नबढ्ने गरी क्यासव्याक दिने व्यवस्था गरेको छ ।

साथै भाद्र महिनाभरी सम्पूर्ण नारी बचत खाता खोल्ने वा खाता भएका नारीहरुले पहिलो वर्षको लागि फ्री डेविट कार्ड, फ्री एम बैंकिङ, फ्री डिम्याट, फ्री मेरो सेयर र क्रेडिट कार्ड सुल्क तथा गरगहना राख्नको लागि लकर सुविधा लिन सकिने जस्मा ५० प्रतिशत छुटको व्यवस्था गरेको छ ।

सनराइज बैंकले सनराइज नारी बचत खातामा १०,००० सम्मको प्रसुती खर्च र ५ लाख सम्मको घातक रोग खर्च दिदै आएको छ । साथै स्वास्थ्य योजना अन्तर्गत १ लाख सम्मको स्वास्थ्य बीमा र ५ सम्मको दुर्घटना बीमा समेत दिदै आएको छ ।


प्रतिक्रिया दिनुहोस्