सिआस्वा शुल्कले लगानीकर्ता मर्कामा ! ४ बैंकले निशुल्क सेवा दिदा प्राइमले १००%ले गर्यो वृद्धि (कुन बैंकको कति ?) « Arthapath.com
३ भाद्र २०७९, शुक्रबार

सिआस्वा शुल्कले लगानीकर्ता मर्कामा ! ४ बैंकले निशुल्क सेवा दिदा प्राइमले १००%ले गर्यो वृद्धि (कुन बैंकको कति ?)



काठमाडौं । धितोपत्र (सेयर)को सार्वजनिक निष्काशनमा आवेदन दिने आवेदकको पैसा धितोपत्रको बाँडफाँड नहुन्जेलसम्म आवेदककै बैंक खातामा रोक्का हुने व्यवस्था आस्वा प्रणाली हो ।

पछिल्लो समय साधारण शेयर (आईपिओ) प्रति सर्वसाधारणहरूको आकर्षण बढ्दै गइरहेको छ । कुनै पनि एउटा कम्पनीले आईपिओ निष्कासन गर्ने वित्तिकै लगानीकर्ताहरू झुम्मिने गरेका छन् । कम्पनीले निष्कासन गरेको आइपीओमा कम्तीमा १६ देखि बढीमा २२ लाख जनासम्म आवेदकले आवेदन दिने गरेका छन् । दोस्रो बजारमा भन्दा प्राथमिक बजारमा जोखिम कम हुने भएकाले आईपिओप्रति लगानीकर्ताहरूको आकर्षण बढिरहेको पाइएको हो ।

लगानीकर्ताले आईपिओमा आवेदन दिए वापत बैंक तथा वित्तीय संस्थाले फरक फरक शुल्क लिने गरेका छन् । अधिकांश लगानीकर्ता अनलाइन अर्थात् मेरो शेयरमार्फत आईपिओका लागि आवेदन दिइरहेका हुन्छन् । लगानीकर्ताहरूले साधारण शेयर (आईपिओ) मा आवेदन दिँदा कतिपय बैंक तथा वित्तीय संस्थाहरूले निःशुल्क सेवा दिइरहेका छन् भने कतिपय बैंकहरू तथा वित्तीय संस्थाले सी–आस्वाको नाममा १०० रुपैयाँसम्म शुल्क लिइरहेका छन् ।

विभिन्न ५५ वटा बैंक तथा वित्तीय संस्था सिआश्वा प्रणालीमा आबद्ध भएका छन् । जसमा नबिल बैंक, एनआईसी एशिया बैंक, राष्ट्रिय वाणिज्य बैंक र कुमारी बैंकले भने निःशुल्क सेवा दिइरहेका छन् ।

कुमारी बैंकले (२०७९ भदौ ३ गते) एक सूचना प्रकाशित गर्दै यस अघि लिदै आइरहेको २० रुपैयाँ सीआस्वा शुल्क अब निशुल्क दिन जनाएको हो । २७ वाणिज्य बैंकहरु मध्य सबै भन्दा बढी स्ट्यान्डर्ड चार्टर्ड बैंकले लिन गरेको छ । बैंकले अरु बैंकहरु भन्दा १० गुण बढी १०० रुपैयाँ लिन गरेको छ । आफुले ५।६ आइपीओ भर्दा समेत एक आइपीओ पनि नपर्ने गुनासो गर्दै आइरहेका लगानीकर्ताहरुलाई बैंकहरुले लिन सिआस्वा चार्जले अझै मारमा पारेको छ ।

प्राइम कमर्सियल बैंकले भदौ २५ गतेदेखि लागू हुने गरी सिआस्वा रकम १०० प्रतिशतले वृद्धि गरेको छ । यस अघि १० रुपैयाँ लिदै आइरहेको सिआस्वा शुल्क बैंकले अहिले बढाएर २० रुपैयाँ पुराएको छ । बैंकहरुले लिदै आइरहेको सीआस्वा शुल्कले लगानीकर्ता निराश हुन स्वाभाविक नै हो । लगातार ९।१० आइपीआ भर्दा एक आइपीओ नपर्ने तर सि आस्वा शुल्कले भने लगानीकर्ताको ढाड सेक्ने गरेको छ ।

कुन बैंकको कति शुल्क

नबिन बैंक- निःशुल्क
एनआइसी एसिया बैंक- निःशुल्क
राष्ट्रिय वाणिज्य बैंक - निःशुल्क
कुमारी बैंक – निःशुल्क 
कृषि विकास बैंक – १०
बैंक अफ काठमाण्डू – १०
नेपाल बंगलादेश बैंक –१०
सिभिल बैंक – २०
माछापुच्छ्रे बैंक – १०
सन्राइज बैंक – १०
सिद्धार्थ बैंक – १०
प्रभु बैंक – १०
नेपाल इन्भेष्टमेन्ट बैंक – २०
एनएमबि बैंक – २०
सिटिजन बैंक – २०
एभरेष्ट बैंक – २०
सानिमा बैंक – २०
लक्ष्मी बैंक – २५
नेपाल बैंक – १०
प्राइम कमर्सियल बैंक – २०
नेपाल एसबिआइ बैंक – २५
सेन्चुरी कमर्सियल बैंक – २५
स्ट्यान्डर्ड चार्टर्ड बैंक – १००
ग्लोबल आइएमई बैंक – १५
नेपाल क्रेडिट एन्ड कमर्स बैंक – १०
मेगा बैंक – २५
हिमालयन बैंक – २०


प्रतिक्रिया दिनुहोस्