नेरुडे लघुवित्तले माग्यो कर्मचारी, कति चाहिन्छ शैक्षिक योग्यता ? « Arthapath.com
१९ भाद्र २०७९, आईतवार

नेरुडे लघुवित्तले माग्यो कर्मचारी, कति चाहिन्छ शैक्षिक योग्यता ?



काठमाडौं । नेरुडे लघुवित्त वित्तीय संस्था लिमिटेडले कर्मचारी माग गरेको छ । लघुवित्तले एक सूचना प्रकाशित गर्दै २ पदका लागि कर्मचारी मागेको हो ।

लघुवित्तले सहायक कम्प्युटर अधिकृत १ जना र कम्प्युटर सहायकमा १ जना कर्मचारी माग गरेको हो । जसका लागि शैक्षिक योग्यता ब्यवस्थापन विषयमा प्लस टु उत्तिर्ण गरेकोदेखि कम्प्युटर विज्ञानमा स्नातक गरेको तथा विभिन्न बैंक तथा वित्तीय संस्थामा अनुभवि कर्मचारी मागेको छ ।

योग्यता पुगेका इच्छुक ब्यक्तिले आवश्यक कागजात संकलन गरी सूचना प्रकाशित भएको मिति (भदौ १९ गते) ले १५ दिन भित्र लघुवित्तको केन्द्रिय कार्यालय तथा कम्पनीको वेबसाइट मार्फत आवेदन दिन सकिनेछ ।


प्रतिक्रिया दिनुहोस्