नेप्सेमा दुई कम्पनीको शेयर कारोबार रोक्का
काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ले दुई लघुवित्तको शेयर कारोबार रोक्का गरेको छ । मर्जरमा जाने सहमति रहेको साना किसान विकास लघुवित्त वित्तीय संस्था र आरएमडीसी लघुवित्त वित्तीय संस्थाको शेयर कारोबार नेप्सेले रोक्का गरेको हो ।
यी दुवै कम्पनी एक आपसमा मर्जरमा जानका लागि प्रारम्भिक पत्रमा शुक्रबार हस्ताक्षर गरेका छन् । मर्जरका लागि स्वाप रेसियो १००ः८७ कायम हुनेछ । यो भनेको आरएमडीसी लघुवित्तको १०० कित्ता हुनेले साना किसान लघुवित्तको ८७ कित्ता सेयर पाउनेछन् ।
मर्जपछि साना किसान लघुवित्तको नामबाट एकीकृत कारोबार हुने र मर्जरपछि कम्पनीको पूँजी कोष ७ अर्ब बढी हुनेछ छ भने कम्पनीको लगानीमा रहेको कर्जा करीब ४३ अर्ब रुपैयाँ पुग्नेछ ।



















