गरिमा विकास बैंकको १२ वर्षे लाभांश इतिहाँस: कुन वर्ष कति बाँड्यो ?
काठमाडौं । गरिमा विकास बैंकले लाभांश घोषणा गरेको छ । बैंकले गत आर्थिक वषको मुनाफाबाट आफ्ना शेयरधनीहरुलाई १४.५० प्रतिशत लाभांश दिने घोषणा गरेको हो ।
बैंकको बिहीबार बसेको संचालक समिति बैठकले गत वर्षको नाफाबाट १३ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि १.५० प्रतिशत नगद लाभांश दिने निर्णय गरेको हो ।
प्रस्तावित लाभांश नियामक निकाय राष्ट्र बैंक र आगामी वार्षिक साधारण सभाले पारित गरेपछि लगानीकर्तालाई बोनस वितरण गरिनेछ । आज हामीले बैंकको १२ वर्षे लाभांश इतिहासलाई तुलना गरेका छौ । १२ वर्षेको यताको इतिहास केलाउदा बैंकले सबै भन्दा बढी लाभांश २५ प्रतिशत दिएको देखिएको छ ।
बैंकले सबै भन्दा बढी लाभांश आफ्ना शेयरधनीहरुलाई आर्थिक वर्ष २०६८।०६९ र आर्थिक वर्ष २०६९।०७० मा २५ प्रतिशत दिएको छ । आर्थिक वर्ष २०६८।०६९ मा १० प्रतिशत बोनस र १५ प्रतिशत नगद गरी कुल २५ प्रतिशत दिएको हो भने आर्थिक वर्ष २०६९।०७० मा २० प्रतिशत बोनस र ५ प्रतिशत नगद गरी कुल २५ प्रतिशत लाभांश दिएको हो ।
त्यस्तै, आर्थिक वर्ष २०६७।०६८ मा १८ प्रतिशत नगद लाभांश मात्र वितरण बैंकले आफ्ना शेयरधनीहरुलाई दिएको छ । साथै, आर्थिक वर्ष २०७०।०७१ मा २० प्रतिशत बोनस र १.०५ प्रतिशत गरी कुल २१.०५ प्रतिशत लाभांश दिएको हो ।
साथै, आर्थिक वर्ष २०७२।०७३ मा २० प्रतिशत बोनस शेयर मात्र र आर्थिक वर्ष २०७१।०७२ मा २० प्रतिशत बोनस वितरण आफ्ना शेयरधनीहरुलाई गरेको छ ।
बैंकले आफ्ना शेयरधनीहरुलाई आर्थिक वर्ष २०७५।०७६ मा १६.१५ प्रतिशत बोनस र ०.८५ प्रतिशत नगद गरी कुल १७ प्रतिशत लाभांश बैंकले आफ्ना शेयरधनीहरुलाई दिएको छ ।
साथै सबै. भन्दा कम लाभांश बैंकले आर्थिक वर्ष २०७४।०७५ मा १० प्रतिशत बोनस र ३.७५ प्रतिशत नगद गरी कुल १३.७५ प्रतिशत लाभांश दिएको छ । साथै, आर्थिक वर्ष २०७६।०७७ मा १३.५ प्रतिशत बोनस र ०.७१०५ प्रतिशत नगद गरी कुल १४.२१ प्रतिशत लाभांश वितरण गरेको छ ।

हाल, गरिमा विकास बैंक लिमिटेडले करिव ७१ अर्ब निक्षेप संकलन गरी ६३ अर्र्ब कर्जा प्रवाह गरेको छ भने नेपालभर सातवटै प्रदेशमा रहेका १२० शाखा कार्यालय, १ एक्स्टेन्सन काउन्टर, ५१ एटिएम एवं डिजिटल बैंकिङ्ग मार्फत सरल, सुरक्षित तथा गुणस्तरीय वित्तीय सेवा प्रवाह गर्दै आईरहेको छ ।












