एनआईसी एशिया डाईनामिक डेप्ट फण्डको लाभांश तपाइको खातामा आयो, छैन भने यसो गर्नुहोस् « Arthapath.com
११ मंसिर २०७९, आईतवार

एनआईसी एशिया डाईनामिक डेप्ट फण्डको लाभांश तपाइको खातामा आयो, छैन भने यसो गर्नुहोस्



काठमाडौं । एनआईसी एशिया डाईनामिक डेप्ट फण्डले लाभांश वितरण गरेको छ । एनआईसी एशिया क्यापिटलको व्यवस्थापनमा सञ्चालित खुलामुखी प्रकृतिको यस योजनाले कर समेत ६ प्रतिशत नगद लाभांश सम्बन्धित इकाईधनीहरूको बैंक खातामा जम्मा गर्न सुरु गरेको हो ।

लाभांश प्रयोजनका लागि फण्डले कात्तिक १५ गते एक दिन बुक क्लोज गरेको हुदाँ कात्तिक १४ गतेसम्म कायम इकाईधनीहरूले मात्र योजनाको लाभांश प्राप्त गरेका हुन ।

हालसम्म आफ्नो हितग्राही खातामा बैंक खाता अद्यावधिक नगराएका इकाईधनीहरूले यथासिघ्र अद्यावधि गराई लाभांश प्राप्त गर्न योजना व्यवस्थापकले अनुरोध गरेको छ ।


प्रतिक्रिया दिनुहोस्