माछापुच्छ्रे क्यापिटलको साधारण सभा पुस १ गते, यस्ता छन् एजेण्डा « Arthapath.com
११ मंसिर २०७९, आईतवार

माछापुच्छ्रे क्यापिटलको साधारण सभा पुस १ गते, यस्ता छन् एजेण्डा



काठमाडौं । माछापुच्छ्रे क्यापिटल लिमिटेडले तेस्रो वार्षिक साधारण सभा पुस १ गतेका लागि बोलाएको छ । सभा बालुवाटार प्यालेस ब्याङ्क्वेट गैरीधारा काठमाडौंमा बिहान ११ बजे बस्ने गरी आव्हान गरेको हो ।

सभाले आर्थिक वर्ष २०८।०७९ को वार्षिक प्रतिवेदन छलफल गरी पारित गर्नुका साथै चालु आर्थिक वर्षको लागि लेखा परीक्षकको नियुक्त र निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पारित गर्ने छ ।

सभाले सामुहिक लगानी काषको कोष व्यवस्थापक अनुमति आवेदन गर्न तथा विशिष्टकृत लगानी कोषको आवश्यकता अनुसार कम्पनीको नियमावलीको परिच्छेद ४ को २७ को व्यवस्थामा रहेको सञ्चालक समितिको गठन तथा संख्यामा परिवर्तन गर्ने प्रस्ताव पनि पारित गर्नेछ ।

संचालक समितिमा प्रतिनिधित्व गर्ने २ जना स्वतन्त्र संचालक नियुक्त सम्बन्धी प्रस्ताव पनि पारित सभाको कार्यसूचीमा समावेश भएको छ ।


प्रतिक्रिया दिनुहोस्