प्रभु क्यापिटल बन्यो सबै क्षेत्रबाट धेरै कर तिर्ने कम्पनी « Arthapath.com
१६ असार २०८३, मंगलबार

प्रभु क्यापिटल बन्यो सबै क्षेत्रबाट धेरै कर तिर्ने कम्पनी



काठमाडौं । प्रभु क्यापिटल लिमिटेड आर्थिक वर्ष २०७/७८ मा सेवा क्षेत्रमा मध्ये सबैभन्दा बढी कर तिर्ने कम्पनीको रुपमा सम्मानित भएको छ ।

एघारौं राष्ट्रिय कर दिवस २०७९ को अवसरमा आन्तरिक राजस्व विभाग तथा सो अन्तरगतका कार्यालयहरुले आर्थिक वर्ष २०७७/७८ मा विभिन्न विधामा अधिकतम कर योगदान पु¥याउने करदाता संस्था र व्यक्तिहरुलाई सम्मान गरेको छ ।

सोही अवसरमा आन्तरिक राजस्व कार्यालय पुतलीसडकले आफ्नो कार्य सेवाबाट सबैभन्दा बढी कर दाखिला गर्नेलाई गरेको सम्मानमा सेवा क्षेत्रमा सबैभन्दा बढी आयकर दाखिला गरेकोमा प्रभु क्यापिटल लिमिटेडले कदर स्वरुप सम्मानपत्रप्राप्त गरेको हो । उक्तआर्थिक वर्ष २०७७/७८ मा प्रभु क्यापिटलले १२ करोड कर तिरेको थियो ।

राष्ट्रिय कर दिवसको अवसरमा पुतलीसडक आन्तरिक राजस्व विभागले आयोजना गरेको कार्यक्रममा कार्यालयका प्रमुख कर अधिकृत गजेन्द्र प्रसाद यादवले क्यापिटललाई सम्मान गरेका हुन् भने क्यापिटलको तर्फबाट वित्तविभागका ईन्चार्ज रोशन केसीले सो सम्मानपत्र ग्रहण गरेका हुन् ।

देश विकासका खर्चहरूको लागि करले महत्त्वपूर्ण भूमिका खेल्दछ । साथै, यसले सरकारलाई सार्वजनिक सेवाहरू गर्न र सरकारको कामलाई कायम राख्न मद्दत गर्दछ । नेपालमा आर्थिक वर्ष २०७७/७८ मा रहेको कोभिडको दोस्रो लहरका बाबजुत वित्तीय तथा सेवा क्षेत्रमा कार्य गर्ने निजी तथा सार्वजनिक कम्पनीहरुले उल्लेखनीय कर योगदान गरेका छन् ।

नेपाली पूँजीबजारमा सेवा क्षेत्रमा मर्चेन्ट बैंकरको रुपमा कार्य गरिरहेको प्रभु क्यापिटल लिमिटेड सबैभन्दा बढी चुक्तापूँजी भएको मर्चेन्ट कम्पनी हो । जसले समयानुसारकोे प्रविधि अपनाईै आफ्नो व्यवसाय र सेवातीव्र विस्तार गर्दै आफ्ना ग्राहकहरुलाई उच्चस्तरीय सेवा प्रदान गदै आएको छ । त्यस्तै नेपाली पूँजी बजारमा भिडियो केवाईसी मार्फत अनलाईन डिम्याट खाता instant खोल्ने सुविधा ल्याएको पहिलो तथा एकमात्र मर्चेन्ट कम्पनी हो ।


प्रतिक्रिया दिनुहोस्